शुक्रबार, वैशाख १४, २०८१

कस्ता हुन्छन् सिंह राशिका मानिसहरु ?

नेपालखोज २०७९ मंसिर २२ गते ८:१५

ज्योतिष शास्त्र अनुसार राशिफल भविष्यवाणीक‍ो राम्रो बिधि हो । जोतिषीहरु भन्छन् , जीवनमा कुनै महत्त्वपूर्ण काम गर्नु छ भने पहिले राशिफल हेराउनु उचित हुन्छ । कतिपय व्यक्तिको जीवनसंग राशिफल मिल्छ त्यसैले उनिहरु दैनिक राशिफल हेर्छन भने, कसैले यसको वास्ता गर्दैनन ।

राशिबाट मानिसको भाग्यमात्र होइन उसको स्वभाव , चरित्र लगायतका धेरै कुरा आँकलन गर्न सकिन्छ । राशिमा आधारित भएर मानिसको प्रेम जिवन , शुभ – अशुभ कुराहरु समेत निर्धारण गरिन्छ । बास्तवमा राशि मानिसको समग्र ब्यक्तित्वको ऐना हो । राशिको सहि र सटिक फलका लागि आफ्नो जन्म मिति , समय र स्थान एकदम सहि हुन जरुरि छ भने कतिपय कुरा राशिमा भए पनि आफ्नो चिनाका अनेकन कुरामा भर पर्छ । यसैगरि राशिफल हेर्नेको ज्ञान र मेहनतमा पनि यसको सटिकता निर्भर गर्छ । सार्वजनिक माध्यममा आउने राशिफल जेनरल हुने र लाखौं मानिसका लागि एउटै कुरा भनिने हुँदा सबै कुरा म्याच नहुनु वा नगर्नु स्वभाबिक हो ।

सिंह : सिंह राशी भएका व्यक्तिहरु अत्यन्त तेजस्वी, आत्मविश्वासी एवं अनुशासनप्रिय हुन्छन । सिंह राशिलाई सुर्यको प्रभाव हुन्छ त्यसैले उनीहरु कसैसँग पनि डराउदैनन । कसै सँग बोल्दा, काम गर्दा वा अरु केही गर्दा म झुक्न जान्दिन झुकाउछु भन्ने खालका हुन्छन । अनुशासनहीनता यिनीहरूलाई मन पर्दैन।

यिनीहरूमा आफूले निर्माण गरेको विधि , नियम र अनुशासनलाई राम्रो सँग पालना गर्ने र अरुलाई पनि पालना गर्न लगाउने बानी हुन्छ । आफ्नो मानसम्मान यिनीहरूलाई निकै मन पर्छ । यो राशिका मानिसले कुनै वाचा गरे भने पूर्णरूपले पालना पनि गर्छन । यिनिहरु सबैसँग घुलमिल गर्न सक्दैनन् र अरुले यिनलाई उस्तो मन पनि पराउँदैनन । कुनै बेला यिनिहरु निकै हठी पनि साबित हुन्छन।

सिंह राशीहरु कसैको संगत गर्दा आफ्नो स्तर हेरेर मात्र गर्दछ्न । उनिहरु आँफैले खट्नु भन्दा पनि अरुलाई खटाउन मन पराउँछन अनि अरुले जती नै राम्रो काम गरेर देखाए पनि उनिहरुलाई चित्त बुझाउन निकै गाह्रो पर्छ । यिनिहरु दिमाग धेरै चलाऊन खोज्छन तसर्थ शारिरिक रुपमा खट्नु पर्ने काम गर्न चाहदैनन । सिंह राशी हुनेहरु जसलाई नजिक सोच्छन वा बनाउँछन उसमा मेरै अधिकार छ भन्ने धारणा राख्दछन । यिनिहरु दयालु पनि हुन्छन

यिनीहरुमा रिस अली धेरै नै हुन्छ । यदी कसैले उनिहरुको अगाडी गल्ती गर्यो वा बोल्यो भने नसकेर मात्र हो नत्र तेस्लाई त्यहीँ मारौ जस्तो लाग्छ उनिहरुको मनमा । प्रशासन , मेडिकल , विद्वान, दार्सनिक, लेखन आदि क्षेत्रमा लाग्न सक्छन् ।
शुभबार : आईतवार, मंगलवार र बिहीवार अशुभ बार : शनिबार
शुभ रत्न : मुगा, मणिक र पुष्पराज
मित्र राशी : मेष, कर्कट, धनु, मिथुन, कन्या, र मिन
शत्रु राशी : बृश्चिक , तुला, मकर तथा कुम्भ ।

प्रतिक्रिया