मंगलबार, वैशाख १८, २०८१

९० को दशकका दस कलाकार सुपर फ्लप साबित भए

नेपालखोज २०७९ मंसिर २३ गते १५:१०

काठमाडौं । ९० को दशकका स्टार सुनिल शेट्टीले हालसालै एक कुराकानीमा दावी गरे अनुसार आफ्नो करियरमा ध्यान दिन नसकेका कारण उनी आफ्ना समकालीन कलाकार अक्षय कुमार र अजय देवगनभन्दा पछाडि परेका थिए। सुनील शेट्टी आफ्नो करियरमा फ्लप भएका हुनसक्छन् र अहिले सहायक भूमिका निभाइरहेका छन् । यद्यपि के कुरा नकार्न सकिदैन भने उनको आफ्नै फ्यान फलोइङ छ, जसका कारण मानिसहरुले उनलाई अझै पनि एक्शन स्टारका रुपमा सम्झना गर्छन् । यद्यपि ९० को दशकमा सुनील शेट्टीको वरिपरि डेब्यू गर्ने धेरै स्टार छन्, जो पर्दाबाट लगभग गायब भैसकेका छन् । तीमध्ये कतिपय यस्ता छन्, जो आज फेला परे पनि चिन्न गाह्रो हुन्छ ।

कमल सदाना , डेब्यू फिल्म – बेखुदी (१९९२) :

कमल सदनाले काजोलको अपोजिटमा फिल्म ‘बेखुदी’ बाट बलिउडमा डेब्यु गरेका थिए । उनको डेब्यू फिल्मले खासै कमाल देखाउन सकेन न त अरु कुनै फिल्मले बक्स अफिसमा उनको इज्जत बचाउन सके । उनले ‘रंग’, ‘मोहब्बत और जंग’, ‘अंगारा’ तथा ‘भिक्टोरिया नम्बर २०३’ जस्ता करिब १५ वटा फिल्ममा काम गरिसकेका छन् तर उनका करिब ८ वटा फिल्म फ्लप साबित भए । कमल सदना करिब १५ वर्षपछि काजोल स्टारर ‘सलाम भेन्की’ बाट बलिउडमा फर्किएका छन् ।

विजय आनंद , डेब्यू फिल्म – यश (१९९६) :
विजय आनन्दको डेब्यू फिल्म सामान्य साबित भयो। त्यसपछि उनले ६ – ७ वटा फिल्ममा काम गरे जसमध्ये अजय देवगन र काजोल स्टारर ‘प्यार तो होना ही था’ र सिद्धार्थ मल्होत्रा-काजोल स्टारर ‘शेर शाह’ बाहेक सबै सुपरफ्लप भए। उनी अन्तिम पटक २०२१ मा रिलिज भएको ‘शेर शाह’ मा कियारा आडवाणीका बुवाको भूमिकामा देखिएका थिए।

फरदीन खान , डेब्यू फिल्म – प्यार हो गया (१९८६) :

फ्लप डेब्यू पछि, फरदीन खानले २५ भन्दा बढी फिल्ममा काम गरे। उनका ‘जंगल’, ‘भूत’, ‘नो एन्ट्री’, ‘हे बेबी’ र ‘अल द बेस्ट’ जस्ता फिल्म सफल पनि भए । यद्यपि एकल अभिनेताका रुपमा उनी नराम्रो सँग पछारिए । उनको पछिल्लो फिल्म ‘दुल्हा मिल गया’ सन् २०१० मा रिलिज भएको थियो, जुन डिजास्टर साबित भयो। फरदिनले चलचित्र ‘विस्फोट’ बाट ठूलो पर्दामा कमब्याक गर्न लागेका छन् जसको छायांकन अहिले चलिरहेको छ ।

विवेक मुश्रान , डेब्यू फिल्म – सौदागर (१९९१) :

मनिषा कोइराला सँगको पहिलो फिल्म सौदागर हिट भयो । तर पछि ‘प्रेम दीवाने’, ‘इन्सानियत के देवता’, ‘दिल है बेताब’, ‘ऐसी भी क्या जल्दी है’ जस्ता करिब २० वटा फिल्ममा देखा परे पनि विवेकका सबै चलचित्र फ्लप साबित भए। ‘राम जाने’, ‘जान’ तथा ‘वीरे दी वेडिङ’ जस्ता केही फिल्म सफल भए पनि त्यसमा उनी सहायक भूमिकामा थिए । विवेक पछिल्लो पटक नेटफ्लिक्सको वेबसिरिज ‘माई’ मा देखिएका थिए ।

राहुल रोय , डेब्यू फिल्म – आशिकी (१९९०) :

पहिलो फिल्म म्युजिकल हिट भयो । तर, त्यसपछि आएका उनका सबै फिल्म असफल साबित भए । राहुल रोयले ‘प्यार का साया’, ‘जुनून’, ‘सपने साजन के’, ‘फिर तेरी कहानी याद आयी’ र ‘इलान’ जस्ता ३० भन्दा बढी फिल्मृअमा काम गरिसकेका छन्।

अरविन्द स्वामी , डेब्यू फिल्म – सात रंग के सपने (१९९८) :

तमिल सिनेमाबाट बलिउडमा प्रवेश गर्ने अरविन्द स्वामीको पहिलो फिल्म फ्लप थियो। पछि उनी ‘राजा को रानी से प्यार हो गया’, ‘डियर ड्याड’ तथा ‘थलाइवी’ जस्ता फिल्ममा देखिए तर सफलता भने पाउन सकेनन्। हाल उनी दक्षिण भारतीय सिनेमामा सक्रिय छन् ।

हिमांशु मलिक, डेब्यू फिल्म-कामसूत्र : अ टेल अफ लभ (१९९६)
उनको पहिलो फिल्मलाइ भारतमा प्रतिबन्ध लगाइएको थियो। यद्यपि, यो विभिन्न भिडियो प्लेटफर्महरूमा उपलब्ध छ । हिमांशुले डेब्यूपछि १० भन्दा बढी फिल्ममा काम गरे जसमध्ये ‘तुम बिन’, ‘जंगल’, ‘इश्क विश्वास’, ‘ख्वाहिश’ र ‘यमला पगला दीवाना’ मात्र सफल भए, बाँकी सबै फ्लप साबित भए । हिमांशु पछिल्लो पटक २०१८ मा रिलिज भएको फिल्म ‘३ स्टोरीज’ मा देखिएका थिए।

चंद्रचूड सिंह , डेब्यू फिल्म – माचिस (१९९६) :

पहिलो फिल्म सफल भयो र त्यसपछि चन्द्रचूड सिंहले २० भन्दा बढी फिल्ममा काम गरे । जसमध्ये ‘तेरे मेरे सपने’, ‘दाग : द फायर’, ‘क्या कहना’, ‘जोश’ र ‘कठपुतली’ मात्र सफल भए, बाँकी सबै फ्लप भए। उनी यसै वर्ष ओटीटी प्लेटफर्ममा रिलिज भएको फिल्म ‘काठपुतली’ मा देखिएका थिए ।

जुगल हंसराज , डेब्यू फिल्म – आ गले लग जा (१९९४) :

जुगल हंसराजको पहिलो फिल्म सफल भएको थियो तर त्यसपछि उनले खेलेका १० भन्दा बढी फिल्ममध्ये ‘मोहब्बतें’ र ‘सलाम नमस्ते’ मात्र सफल भए अनि बाँकी सबै फिल्म फ्लपको श्रेणीमा परे। उनी पछिल्लो पटक टिभी सिरियल ‘मिसम्याच्ड’ मा देखिएका थिए । उनको अर्को फिल्म ‘शिव शास्त्री बल्बोवा’ छिट्टै रिलिज हुन सक्छ ।

प्रतिक्रिया