मंगलबार, चैत ११, २०८१

सुशान्तसिंहले न्याय पाउनु पर्छ : अनुपम खेर

नेपालखोज २०७७ साउन २१ गते १९:१९

एजेन्सी । बलिउड अभिनेता अनुपम खेरले इन्स्टाग्राममा एक भिडियो सेयर गर्दै सुशान्तसिंह राजपुतले न्याय पाउनुपर्ने बताएका छन् ।

Advertisement

अनुपम भन्छन्,“यो देशको नागरिकका नाताले हाम्रो कर्तव्य भनेको यो घटनालाई तार्किक अन्त्यमा पुर्‍याउने हो ।” घटना भएको समयदेखि आजसम्म नियालिरहँदा अब भने चुप लागेर बस्न नहुने भन्दै एक सहकर्मी र मानवताको नाताले पनि उसका लागि बोल्न जरुरी भइसकेकोमा अनुपमले जोड दिएका छन् ।

सुशान्त कसैको छोरा, कसैको भाइ, कसैको साथी भएको र घटना भएको यति धेरै दिन बितिसक्दा पनि सत्यतथ्य सार्वजनिक नभएकाले उसको परिवारलाई उसको मृत्युको कारण थाहा पाउने हक भएको पनि उनले बताए । यसबारे सबैले आवाज उठाएर साथ दिनुपर्ने भन्दै उनले भनेका छन्, “यो घटनामा कसको गल्ती छ र कसको छैन भन्ने कुरा पत्ता लाग्नुपर्‍यो ।

अहिलेको अवस्थामा यो घटनाबारे केही नबोली चुप बस्नु भनेको कायरता हो र यो ठीक होइन ।” साथै उनले सुशान्त एक राम्रो अभिनेता भएको पनि बताए । उनले भिडियोको क्याप्सनको अन्तिममा लेखेका छन्, “सुशान्तका लागि न्याय ।” सुशान्तसिंह राजपूत १४ जुनमा बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा झुन्डिएको अवस्थामा फेला परेका थिए ।

प्रतिक्रिया