लोसपाले आयोगमा पठायाे प्रदेशसभातर्फ समानुपातिक सदस्यको नाम
नेपालखोज
२०७९ मंसिर २३ गते २१:३८

काठमाडाैं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले आज प्रदेश सभातर्फ समानुपातिक सदस्यहरुको नाम निर्वाचन आयोगमा पठाएको छ ।
लोसपाले मधेस प्रदेशबाट मधेसी महिला कोटामा रुपा कुमारी यादव र मधेसी अल्पसंख्यक महिला कोटामा रमिता प्रधानको नाम पठाइएको छ भने, लोसपाले मधेस प्रदेशमा प्रदेश सभातर्फ प्रत्यक्षमा सातवटा सिट जितेको छ । त्यसमा दुई सिट समानुपातिकमा पाएको छ ।
त्यस्तै, लुम्बिनी प्रदेशबाट खस आर्य महिला कोटामा हेमा वेल्वासे केसीको नाम पठाइएको छ भने, लोसपाले लुम्बिनी प्रदेशमा प्रदेश सभातर्फ प्रत्यक्षमा दुई सिट समानुपातिकमा एक सिट प्राप्त गरेको छ । लोसपाले प्रतिनिधि सभातर्फ प्रत्यक्षमा चार सिट मात्र जितेको छ ।
सम्बन्धित
प्रतिक्रिया