विशेष चेकिङको क्रममा दुई सय सात जना सवारी चालक कारवाहीमा

नेपालखोज २०७९ मंसिर २६ गते १२:१६

काठमाडौं । काठमाडाैं उपत्यकामा आज बिहान भएको विद्यार्थी सुरक्षा लक्षित विशेष चेकिङको क्रममा दुई सय सात जना सवारी चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

जसमा सवारी चालक अनुमति पत्र नभई सवारी चलाएका तीन जना ,कागजपत्र साथमा नलिई सवारी चलाउने १२ जना र अन्य कसुरमा ३ जना विद्यार्थी चालकलाई कारवाही गरीएको छ ।

सोही चेकीङ्गकै क्रममा ट्राफिक नियम उल्लघन गर्ने अन्य एक सय ८९ जना सवारी साधनका चालकहरुलाई पनि ट्राफिक प्रहरीले कारवाही गरेको छ । दुर्घटना न्युनिकरण तथा सवारी आवागमन सहज बनाउन ट्राफिक प्रहरीले विशेष चेकजाँच गर्दै आएको छ ।

सहज र सुरक्षित यात्राका लागि ट्राफिक नियम पालना गर्न चालकलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एंवम् प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया