बिहीबार, वैशाख १३, २०८१

दोषी को ? म

नेपालखोज २०७६ पुष १४ गते १८:४६

सवैभन्दा पहिला यसमा सम्वोधन भएका कुराहरु सवै मलाई नै लागु हुन्छन् । म एक यस्तो प्राणी हँु जसलाई के ? र के को फरक थाहा हुँदैन । आकाशतिर फर्केर थुक्दा कहाँ छिठा पर्दछ त्यो नै थाहा नहुने मलाई बोल्न हरेक कुरामा छुट छ तर गास वास र कपासको कुरा मलाई छुट छैन । जसलाई मैले सम्मान गर्नु पर्ने हो त्यसलाई तिरस्कार गरिरहेको छु । जसलाई तिरस्कार गर्नु पर्ने हो त्यसलाई सिरमा राखेको छु । फाल्न नहुने घर व्यवस्था फाली छिमेकीको देखा सिकी गरिरहेको छु ।

एउटा छिमेकीको देखासिकी गरेको छु भने परको छिमेकीको घर व्यवस्था आफुकहाँ पनि लागु गरेकोछु । मेरो घरको छिमेकी र परको घरको छिमेकी वेलावेलामा अझ भनौ आफुलाई फाइदा हुँदा मिल्दछन् जव फाईदा नहुने देख्दछन तब तिनीहरु झगडामा उत्रिछन । छिमेकीहरु विरामी पर्दा टाढा टाढाको अस्पतालमा विदेशी विमान चढी उपचारका लागि जान्छन तर त्यसको खर्चको व्यवस्था चाहि मैले खाई नखाई गरेको रकमवाट पु¥याउने गरेको छु ।

उहिले उहिले मेरो वाजेको पालामा गाउँ छोडी परको गाउँमा कामका लागि जानेहरुलाई आफ्नै गाउँ फर्क भन्दै विदेशमा वस्ने नेपालीहरुका लागि कार्यक्रम रेडियोले बजाउदथ्यो त्यसको आधारमा छिमेकमा काम गर्न गएका मेरो गाउँका छिमेकीहरु अगिपछी नभएपनि दशैका वेलामा हुलका हुल फर्कन्थे । आज मेरो घरको व्यवस्था चलाउने अभिभावकले पैसा कमाउन टाढै जानु पर्दछ सके पैसा पठाएर वाँचेर आईज होइन भने वाकसमा आएपनि मेरो भोक चाँिह मिटा भन्ने गरेको छ ।

उहिले वाजेको पालामा देश फर्क भन्ने गरेको कुरा आज एकादेश भै सकेको छ भने आज भोली छिमेकीले जति सक्दो चाँडो देश छाडेर जा र मेरो खर्च धान्नका लागि रेमिटान्स पठा भन्ने गरेवाट हिजो र आजमा मेरो गाउँले धेरै प्रगति गरेको मैले अनुभव गरेको छु । जो सुकै वाकसमा आएपनि मेरो गाउँको टाउकेलाई कुनै मतलव भएको कुरा होइन भनि वारम्वार छिमेकीले गाउछोडी जानलाई वाध्यता पार्ने गरेको छ ।

यो सव कुरा गर्न उनिहरुलाई अगाडि वढाउने अपराधी को भन्नु पर्दा त्यो त निश्चित रुपमा म नै हु भन्नु पर्दा मलाई कुनै आत्मग्लानी हुने कुरै छैन किनकी मेरो घरको छिमेकी त महामानवहरु हुन उनीहरु नभएमा मेरो गाउँ या भनौ देशै चल्दैन । मेरो घरको दाया वाया वस्ने छिमेकीहरु दुई प्रकारका छन् एउटा छिमेकी धेरै टाढा छैन उसले जे भन्छ त्यो मैले मान्ने अभिभावकले मान्ने र अर्को छिमेकीले चाहि अलि टाढाको मान्छेले धेरै वर्ष अगाडि लेखेको एउटा निवन्ध छ त्यो आजभोली व्यवहारमा उतारी जे मन लाग्यो त्यो गर्नका लागि मेरो छिमेकीहरु लाई दिएको हँुदा कसैको डर भर नमानस् व्यवहारमा उतार्ने गरेको छ ।

मेरो छिमेकीहरु आफुले केहि पनि गर्न नसक्ने वा नजान्ने भएको हुदा उनीहरुको गुरुवाहरु ले जे भन्यो त्यहि आफ्नो गाउँमा गर्ने गरेवाट म लगायत छिमेकी पिडित बन्न पुगेकामा म स्वयमलाई चाहि खुच्चिङ भन्न मन लागेको छ । छिमेकीहरु ५।५ वर्षका लागि लिडर हुने परिपाटी हाम्रो गाउँमा रहेको छ । मेरो घर आँगनमा उ ५।५ वर्षमा नविराईकन आउने गरेको छ । उसलाई मेरो आँगनमा देखेपछि म प्रफुल्लित हुने गरेको छु र उसले आफ्नो समस्या भनेपछि म ज्यान खोलेर उसको पछाडि र उसलाई जिताउन पर्दछ भनि आफ्ना सवै इष्टमित्र कहाँ म दौडेर पुग्ने गरेको छु । उसलाई अगाडि नवढाएमा मेरो हाम्रो र गाउँको विकास हुदैन भनेर ज्यान दिएर उसलाई गाउँको टाउके वनाउँदछु । लाग्दछ उसले मलाई अव स्वर्गकै दर्शन गराउँदछ । मेरो अथक परिश्रमवाट उ सफल भएपछि उ मेरो घर आगनमा ५।५ वर्षमा निरन्तर आईरहन्छ । बुझनेलाई यो कुरो गैरी छ नबुझे्ने लाई खै के खै के ?

प्रतिक्रिया