गर्दन दुख्दा गर्नुपर्ने ४ मुख्य व्यायाम

व्यस्तता, भागादौड़ी र तनावग्रस्त जीवन जिउने जो कोही पनि आज गर्दन दुख्ने समस्याले ग्रस्त छन् । गर्दन दुखाइ गर्दनको हड्डी खिएर, नसा चयपीएर कार्टिलेज र मांसपेशीको दुर्वलताको कारणले हुने गर्दछ। यस्तो अवस्थामा गर्दनका मांसपेशिलाई बलियो बनाउने निम्न व्यायाहरु गर्नुपर्ने हुन्छ । यो व्यायाम उभिरहेको, बसिरहेको वा उत्तनो पारेर सुतेको बेलामा पनि गर्न सकिन्छ तर बसेको अवस्थामा गर्दा बढ़ी प्रभावकारी हुन्छ। गर्दन दुख्दा गर्नुपर्ने व्यायामहरू ।
व्यायाम न. १.: दुवै हातले अगाडी र टाउकोले पछाडि ठेल्ने : ढाड कमर गर्दनलाई सीधा राखेर बस्नुहोस् । अब दुबै हातका औलाहरू कैची पारेर हत्केलालाई टाउकोको पछाडिपट्टी राख्नुहोस् । हात राखेपछि हातले टाउको लाई अगाडी र टाउकोले हात लाई पछाडि पट्टी धकेल्नुस् र २० सेकंड सम्म रोकेर राख्नुहोस् । दुव्यायाम न.२.: दुवैहातले पछाडि र टाउकोले अगाडितिर ठेल्ने : ढाड कमर दर्दं सीधा राखेर बस्नुहोस। अब दुबै हातलाई जोडेर हत्केलालाई निधारमा राख्नुहोस् ।
हात राखेपछि हातले टाउको लाई पछाडि र टाउकोले हात लाई अगाडि पट्टी धकेल्नुस् र २० सेकंड सम्म रोकेर राख्नुहोस् । व्यायाम न.३.: देब्र हातले दाहिनेतिर र टाउकोले देब्रेतिर ठेल्ने : पूर्ववत अवस्थामै बस्नुहोस र देब्रे हातलाई उठाएर देब्रे कन्चटमा राख्नुहोस्। अब देब्रे हातले दाहिने तीर ठेल्नुस् र टाउकोले देब्रे तीर ठेल्नुहोस् र २० सेकंड सम्म रोकेर राख्नुहोस् ।
व्यायाम न.४ दाहिने हातले देब्रेतिर र टाउकोले दाहिनेतिर ठेल्ने : पूर्ववत अवस्थामै बस्नुहोस र दाहिने हातलाई उठाएर दाहिने कन्चटमा राख्नुहोस्। अब दाहिने हातले देब्रेतीर ठेल्नुस् र टाउकोले दाहिने तीर ठेल्नुहोस् र २० सेकंड सम्म रोकेर राख्नुहोस् । यी सबै वयायाम हरुलाई ५ – ५ पटक दोहराउनुस् ।
डा. हेमराज कोइराला
डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया