रास्वपाले टुंग्यायो समानुपातिकका १३ जना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक तर्फका १३ जना सांसदको निर्णय आजै निर्वाचन आयोग लाई बुझाउने भएको छ ।
आज शनिबार बसेको केन्द्रीय समितिको बैठकले समावेशिताको सिद्धान्तका आधारमा बन्द सूचीमा अग्रस्थानमा रहेकाहरूलाई छनोट गरेको बताएको छ ।
पार्टीको निर्णय सार्वजनिक गर्दै प्रवक्ता डा. मुकुल ढकालले बन्द सूचीको वरियतामा कुनै पनि छेड छाड नगरीकन नाम सिफारिस गरिएको बताए ।
रास्वपाको प्रतिनिधित्व गर्ने १३ जना समानुपातिक सांसदमा दलित तर्फ सन्तोष परियार तथा शिव नेपाली छन भने आदिवासी/जनजाति तर्फ डा. ढाकाकुमार श्रेष्ठ , सुमना श्रेष्ठ तथा इन्दिरा रानामगर छन । यसैगरि खस आर्यबाट डा. चन्दा कार्की , डोलप्रसाद अर्याल , निशा डाँगी तथा विनीता कठायत गरि४ जना सासंद हुनेछन ।
रास्वपाको मधेसी कोटामा लक्ष्मी तिवारी तथा मनिष झा परेका छन भने थारु कोटाबाट अशोककुमार चौधरी छानिएका छन ।यसैगरी मुस्लिम कोटाबाट असिम शाहसासंद बन्ने भएका छन ।

प्रतिक्रिया