सेनाका पूर्व बलाधिकृत रथि महत मृत फेला

नेपालखोज २०७९ मंसिर २४ गते २०:५१

काठमाडौं । नेपाली सेनाका पूर्वबलाधिकृत रथी बलदेवराज महत मृत फेला परेका छन् । बूढानीलकण्ठ नगरपालिका–९, मण्डिखाटारस्थित सीडी कोलोनीभित्र बस्दै आएका महत आफ्नै घरको कोठाभित्र झुन्डिएको अवस्थामा आज फेला परेका हुन् ।

महतको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको प्रहरीले जनाएको छ । महत नेपाली सेनाबाट पाँच वर्ष पहिले अवकाश भएका थिए । रासस

प्रतिक्रिया