न्युर्योकमा नेपाली उत्पादन, परिकार तथा पर्यटन प्रवर्द्धनमा एनआरएनको भुमिकाका बारेमा अन्तर्क्रिया

नेपालखोज २०७९ मंसिर २५ गते ११:३४

काठमाडौं । नेपाली महावाणिज्यदूतावासन्यूयोर्कले गैरआवासीय नेपाली संघ, अमेरिका, न्यूयोर्क च्याप्टरसंगको सहकार्य रस्थानीय नेपाली उद्यमी, व्यवसायी तथा संघसंस्था लगायतको सहभागितामा न्यूयोर्कमा ‘नेपाली उत्पादन, मौलिक परिकार तथा पर्यटन प्रवर्द्धनमा गैरआवासीय नेपाली समुदाय-व्यवसायीको भूमिका’विषयक अन्तक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

एन.आर.एन.ए–न्यूयोर्क च्याप्टरका तर्फबाट उपाध्यक्ष शोभाकान्त पाण्डेले अतिथिलाई स्वागत गर्दैमहत्वपूर्ण विषयको कार्यक्रममा नेपाली महावाणिज्य दूतावाससंग सहकार्य गर्न पाउँदा खुसी लागेको विचार व्यक्त गरे । उनले गैरआवासीय नेपालीको मातृभूमीसंग निकट रभावनात्मक सम्बन्ध रहेको रनेपाल सरकारले देशको आर्थिक सम्बृद्धिका लागि एवम् नेपाली बस्तु निर्यात तथा पर्यटन प्रवर्द्धनका लागि चालेका कदममा गैरआवासीय नेपाली समुदायको साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

कार्यवाहक महावाणिज्यदूत बिष्णु गौतमले अतिथिलाई स्वागत गर्दै सहभागिताका लागि धन्यबाद दिए । नेपाल र अमेरिकाबीच रहेको मैत्रीपूर्ण र सुमधुर कूटनीतिक सम्बन्धलाई अझ प्रगाढ पार्न जनस्तर र व्यवसायस्तरका सम्बन्धको महत्वपूर्ण भूमिका हुने विचार राखे ।

दुईदेशबीचको कूटनीतिक सम्बन्धको पचहत्तरौं बार्षिकोत्सबको प्रसंग उठाउँदै उनले नेपाल र अमेरिकाबीचको व्यापार, पर्यटन, शैक्षिक तथा सांस्कृतिक आदानप्रदान अझ बृद्धि गर्न नेपाली व्यवसायी, शैक्षिक संस्था, नेपालका मित्र अमेरिकी नागरिक, पर्यटक, तथा गैरआवासीय नेपाली समुदायको संजाल निकै प्रभावकारी हुन सक्ने विचार राखे । विदेशमा रहेका नेपाली समुदायले हासिल गरेको ज्ञान, शीप पूंजी, एवम् प्रविधिबाट नेपालले अझबढी लाभ लिन सबैको प्रयास आवश्यक हुने उनले धारणा राखे ।

का.वा. महावाणिज्यदूतले आफ्नो प्रस्तुतीमा नेपाल र अमेरिकाबीचको व्यापारमा दुवैदेशलाई लाभ हुनेगरी उच्च बृद्धि संभव रहेको र यसकालागि थप बजारीकरण जरुरी रहेको बताउँदै दुईपक्षीय व्यापारको अवस्था, अमेरिका निर्यात भइरहेका र उच्च संभावना भएका नेपाली बस्तु र ती बस्तुले अमेरिकी बजार प्रवेशमा पाउने सुविधाबारे जानकारी दिए ।

अमेरिकामा नेपाली परिकार र पर्यटन प्रर्वधनमा संलग्न व्यवसायीले खेलेको भूमिकाको प्रसंसा गर्दै उनले बढ्दो नेपाली समुदाय र विस्तारित संजालबाट संख्यात्मक र गुणात्मक दुवै रुपमानेपालको प्रवर्द्धनमा अझ बढी योगदानका लागि नेपाली समुदायलाई आग्रह गरे ।

अमेरिकामा विभिन्न नेपाली बस्तुको आयात, बजारीकरण, विक्रिवितरण, तथा पर्यटन र परिकार प्रवर्द्धनमा सक्रिय सर्वश्री अनिल रौनियार, लिंकन एभरेष्ट, सुमित अग्रवाल, निश्चल बांस्कोटा, दुर्गेशजंग कार्की, मनीष कर्ण रसाङ्गदोर्जे शेर्पा गरी ७ जना व्यवसायीद्वारा प्रस्तुतीकरण् गरिएको थियो ।

प्रस्तुतीकरणमा नेपालको प्रवर्द्धनका लागि आ–आफ्ना तर्फबाट भइरहेका प्रयास,अवशर र चुनौती तथानेपालमा स्थानीय स्तरमा उत्पादित बस्तुदेखी लिएर अन्य बस्तु निर्यात संजालमा जोड्न, जिएसपी नवीकरण, भंसार सुविधा, बजारीकरण र नेपाली बस्तुको गुणस्तर कायम राख्न नेपाल सरकारको सहयोग आवश्यक रहेको धारणा व्यवसायीले राखे । नेपाली संघसंस्था तथासंचार जगतका सहभागीले विभिन्न सुझावसहित नेपाल सरकारको प्रयासमा आफ्नो सदैव साथ रहने कुरा व्यक्त गरे ।

कार्यक्रमको अन्तमा कार्यवाहक महावाणिज्यदूत र सम्बन्धित व्यवसायीद्वारा उठाइएका जिज्ञासाको जवाफ एवम् जानकारी दिइएको थियो । कार्यक्रमको संचालन र मोडेरेशन वाणिज्यदूत गणेश अधिकारीले गर्नुभएको थियो भने कार्यक्रमको अन्त्यमा आमन्त्रित अतिथिका लागि नेपाली परिकारसहितको दिवा भोजको व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया