समाजसेवा पुरस्कार प्रदान

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित “कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार”–२०७८ तीन दशकदेखि सामाजिक न्यायको क्षेत्रमा उल्लेखनीय योगदानका लागि संविधानसभा सदस्य विनोद पहाडीलाई प्रदान गरिएको छ ।
७४ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका सन्दर्भमा शान्ति समाजद्वारा मंसिर २५ गते वुटवलमा आयोजित कार्यक्रममा लुम्विनी प्रदेश प्रमुख अमिक शेरचनले विनोद पहाडीलाई रु. १ लाख १० हजार पुरस्कार राशी र सम्मानपत्र प्रदान गरेका थिए ।
शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा लुम्विनी प्रदेश प्रमुख अमिक शेरचन, पुरस्कृत व्यक्तित्व विनोद पहाडी, शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, तिलोत्तमा नगरपालीका प्रमुख रामकृष्ण खाँड, वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाई, शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनी, वरिष्ठ उपसभापति सुशील बस्नेत, महासचिव रामकृष्ण बराल, पत्रकार महासंघ रूपन्देही सभापति रामराज पोखरेल, अधिकारकर्मी रिमा बिसि, रूपन्देही शाखा सभापति खिमप्रसाद भट्टराई (कृष्ण) लगायत वक्ताहरुले मन्तव्य व्यक्त गरेका थिए । पुरस्कृत व्यक्तित्व पत्रकार विनोद पहाडी नेपाल राष्ट्रिय दलित संघको संस्थापक अध्यक्ष हुन ।

प्रतिक्रिया