माछापुच्छ्रे बैंकको अध्यक्ष डा.महतद्वारा सपथ
नेपालखोज
२०७९ मंसिर २५ गते २२:००

काठमाडौं । माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष डा.उपेन्द्र महतोले पद तथा गोपनियताको सपथ लिएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष उनले पद तथा गोपनियताको सपथ लिएका हुन् ।
सपथ ग्रहण कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर, कार्यकारी निर्देशक तथा अन्य पदाधिकारीका साथै माछापुच्छे बैंक सञ्चालक समिति सदस्य तथा प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थिति रहेको थियो ।
माछापुच्छे बैंकको मंसिर १२ गते सोमबार बसेको चार सय ७२ औ संचालक समितिको बैंठकले डा. महतोलाई संचालक समितिको अध्यक्षमा चयन गरेको थियो । महतो गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष समेत रहेका छन्. ।
सम्बन्धित








प्रतिक्रिया