के व्यायाम गर्न छाड्दा मोटो भइन्छ ?

तौल बढ्नुको अर्थ हो तपाईंको शरीरमा केहि कुराको सन्तुलन मिलेको छैन । त्यही कारण तौल बढिरहेको छ । जस्तो कि, हर्मोनल समस्या हुनसक्छ, थाइराइड हुनसक्छ, मोटाबोलिज्ममा कमी हुनसक्छ । अतः यसलाई नियन्त्रण गर्ने सर्बोत्तम विधी भनेको व्यायाम हो । व्यायामको माध्यामबाट शरीरलाई मेन्टेन गर्न सकिन्छ । त्यसैले व्यायाम गर्न छाडियो भने स्वभाविक रुपमा मोटोपन बढ्छ । यद्यपी यससँगै सम्बन्धित रोगको निदानको उपाय पनि खोज्नुपर्छ ।
हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै मसल्स बनाउन व्यायाम गरेर मात्र पुग्दैन, यी खानेकुरा खान उतिकै जरुरि छ हमिले केहि दिन अगाडी जिम गर्दा ध्यान दिनुपर्ने कुराहरुको विषयमा चर्चा गररेको थियाैं । आज हामी मसल्स बनाउन के खाने ? भन्ने विषयमा चर्चा गर्ने छौं ।
१. अन्डा अन्डामा प्रोटिन, भिटामिन र खनिजको मात्रा हुन्छ । विभिन्न अध्ययनले अन्डामा एन्टिअक्सिडेन्ट, एमिनो एसिड, फाइदाजनक फ्याट र अन्य महत्वपूर्ण पौष्टिक तत्व प्राप्त हुने बताएको छ, जुन स्वास्थ्य र मसल्स बनाउन निकै महत्वपूर्ण मानिन्छ । तर, ध्यान दिनुपर्ने कुरा के भने सधैँ उमालेको अन्डा मात्र प्रयोग गर्नुपर्छ ।
२. हरियो तरकारी अधिकांश तरकारीमा क्यालोरीको मात्रा कम हुन्छ । तर, यसबाट फाइबर, फोलिक एसिड, भिटामिन ए, ई र सीसहितको पौष्टिक तत्व प्राप्त हुन्छ । यस्ता तत्वले रक्तचाप सन्तुलित राख्नुका साथै मसल्स निर्माणमा पनि सहयोग गर्छ । तरकारीमा एन्टिअक्सिडेन्ट बढी मात्रामा हुने भएकाले मसल्स बनाउन राम्रो विकल्प हुन्छ ।
३. काजु, बदाम यदि तपाईं मसल्स बनाउन खोजिरहनुभएको छ भने नियमित रूपमा बदाम, काजु, ओखर आदिको प्रयोग गर्न सक्नुहुन्छ । यसका साथै ड्राइफुडको पनि सहारा लिन सक्नुहुन्छ । किनकि, यसबाट पौष्टिक तत्व, भिटामिन बी, ई, आइरन, पोटासियम, म्याग्नेसियम, खनिजलगायतका तत्व प्राप्त गर्न सकिन्छ । जसले मसल्स निर्माणका लागि मद्दत गर्छ ।
४. अन्न मसल्स बनाउन जिम गइरहनुभएको छ भने फास्टफुड, जंकफुड र प्रोसेस्ड खानेकुराको सेवन अत्यधिक कम गर्न जरुरी छ । यस्तो खाद्यपदार्थको प्रयोग नगर्दा स्वास्थ्यलाई फाइदा गर्छ । बरु सट्टामा अन्नको प्रयोग गर्न सक्नुहुन्छ, जस्तै– चामल, गहुँ, दाल आदिबाट बनेका खानेकुरा । यस्ता खाद्यपदार्थले तपाईंलाई कार्बोहाइड्रेटका साथै ऊर्जा पनि प्रदान गर्छ । तपाईंमा ऊर्जा बढी भएमा आवश्यकताअनुसार व्यायाम गर्न सक्नुहुन्छ ।
५. फलफूल मसल्स बनाउन फलफूलको प्रयोग पनि आवश्यक छ, जुन स्वस्थ्यकर पनि मानिन्छ । फलफूलबाट भिटामिन, खनिज तथा कैयौँ प्रकारका पौष्टिक तत्व प्राप्त गर्न सकिन्छ । यसले मसल्स निर्माणमा सहयोग गर्छ ।
प्रतिक्रिया