धनुषामा घरमा सुतिरहेको अवस्थामा एक महिलाको विभत्स हत्या

नेपालखोज २०७९ मंसिर २६ गते १०:१८

काठमाडाैं । धनुषामा घरमा सुतिरहेको अवस्थामा एक महिलाको विभत्स हत्या भएको छ । गए राति घरमा सुतिरहेको अवस्थामा बटेश्वर गाउँपालिका ५ शान्तिपुरस्थित २७ वर्षीया रितादेवी यादवको हत्या भएको हो । 

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते रितालाई उपचारका लागि जनकपुरको काव्या हस्पिटल ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएकाे जनाइएकाे छ ।

प्रतिक्रिया