हुन्डाईको ईभी हाई भोल्टेज ब्याट्री चेकअप क्याम्प

काठमाडौं । नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले हाई भोल्टेज ब्याट्री चेकअप क्याम्पशुरु गरेको छ । कम्पनीले आफ्नो वि(भी) द चेन्ज अभियान अन्तर्गत सोमबारदेखि पुस १ गते सम्म आफ्ना विद्युतीय सवारीका ग्राहकहरूका लागि पाँच दिने हुन्डाई ईभी हाई भोल्टेज ब्याट्री चेकअप क्याम्प संचालन गर्न लागेको हो ।
यो अभियानले कोना र आईओएनआईक्यू लाइन अपका तीन सय भन्दा बढी ग्राहकहरूलाई फाइदा पुग्ने विश्वास गरिएको छ । कम्पनीका अनुसार यो कार्यक्रम प्रशिक्षित प्राविधिकहरू र अत्याधुनिक उपकरणहरूको सहयोगले सवारी धनीहरुलाई आफ्नो सवारीको प्राविधिक अवस्थाहरू र ब्याट्रीको अवस्थाबारे जान्न मद्दत गर्ने उद्धेश्यले आयोजना गरिएको हो । त्यस्तै कार्यक्रममा कम्पनीले ब्याट्रीको आयु बढाउन र सवारीको पूर्व-जाँच गर्न ग्राहकहरुलाई विभिन्न सुझावहरू प्रदान पनि गर्नेछ।
यी र यस्ता क्रियाकलापले हुन्डाईको विद्युतीय सवारी प्रतिको सफ्टवेयर, प्राविधिक र हार्डवेयरको पक्षबाट पनि प्रतिबद्ध रहेको देखाउँछ । यो कार्यक्रम थापाथली स्थित हुन्डाईको ईभी शोरुम अगाडि साताव्यापी रुपमा चल्नेछ । हुन्डाई नेपालले आफ्नोवि(भी) द चेन्ज अभियान अन्तर्गत विद्युतीय सवारी प्रति चेतना जगाउने र दिगो भविष्यको जग तयार गर्ने उद्धेश्यले विभिन्न सामाजिक–आर्थिक र प्राविधिक अभियानहरू आयोजना गर्दै आएको छ।देशैभरी ४० भन्दा बढी चार्जिङ स्टेसनको स्थापना र १७ वटा शोरुम सहित हुन्डाईले विद्युतीय सवारी साधनमा सबैको पहुँच बढाउने प्रयास गर्दै आएको छ ।
साथै कम्पनीले विभिन्न वाणिज्य बैंकहरूसँग साझेदारी गरी ग्राहकहरूलाई न्यूनतम समयमा सबैभन्दा सुलभ व्याजदरमा विद्युतीय सवारी खरिद गर्न सघाउँदै आएको छ ।हुन्डाईले सन् २०१९ मा कोना इलेक्ट्रिक लन्च गरेर विद्युतीय सवारी साधनमा अलग पहिचान तयार गर्ने काम गरेको थियो ।
त्यसपछि पनि निरन्तर रुपमा राम्रो र भरपर्दो इलेक्ट्रिक कार ल्याइरहेको हुन्डाईको आईओएनआईक्यू फाईभ यसपालीको वल्र्ड कार अफ द इयर– २०२२ जित्दै वर्षकै उत्कृष्ट कार बन्न पनि सफल भएको कम्पनीले जानकारी दिएको छ ।








प्रतिक्रिया