शनिबार, जेठ ४, २०८२

सबैभन्दा लोकप्रिय स्टार को ?

नेपालखोज २०७९ मंसिर २७ गते १४:३८

काठमाडौं । आईएमडीबीले सार्वजनिक गरेको सूची अनुसार दक्षिण भारतका सुपरस्टार धनुष वर्ष २०२२ मा लोकप्रिय कलाकारहरुको शिर्ष स्थानमा छन भने बलिउड अभिनेत्री आलिया भट्ट र ऐश्वर्या राय बच्चन दोस्रो तथा तेस्रो स्थानमा छन । राम चरण, सामन्था रुथ प्रभु, एनटीआर जुनियर, अल्लु अर्जुन तथा यश यो सुचिको शीर्ष १० स्थानमा छन र यी ६ जनाले दक्षिण भारतिय चलचित्रलाई प्रतिनिधित्व गर्छन् । चौथो र पाँचौं स्थानमा राम चरण र सामन्था रुथ प्रभु छन् भने ऋतिक रोशन छैठौं र कियारा आडवाणी सातौं स्थानमा छन् ।

एनटी रामाराव जुनियर आठौं स्थानमा रहदा अल्लु अर्जुन र यश नवौं र दशौं स्थानमा छन । आलियाले आईएमडीबीलाई दिएको विज्ञप्तिमा भनेकि छिन्, ’२०२२ मेरा लागि अहिलेसम्मकै सबैभन्दा अविस्मरणीय वर्ष रह्यो । यो वर्ष मेरा सबै फिल्मलाई दर्शकले देखाएको मायाका लागि म सधैं आभारी छु र उत्कृष्ट फिल्म निर्माता तथा कलाकारहरुसँग काम गर्न पाउँदा सम्मानित महसुस गर्छु ।

धनुषले यो वर्ष तमिल फिल्म मारन र हलिउड फिल्म द ग्रे म्यान सहित अनेकौं लोकप्रिय प्रोजेक्टमा काम गरे । आलिया गंगुबाई काठियावाडी र ब्रह्मास्त्रमा देखिएकी थिइन् भने ऐश्वर्या मणिरत्नमको पोन्नियिन सेल्वान- १ मा देखिएकी थिइन् जसले विश्वभरका दर्शकहरूलाई मोहित तुल्याएको थियो। सामन्था तेलुगुको हिट चलचित्र यशोदाको मुख्य भूमिकामा देखिएकी थिइन् । रामचरण र एनटीआर जुनियर आरआरआरमा देखिएका थिए। यशले केजिए च्याप्टर-२ मा अभिनय गरे, जुन यो वर्ष भारतमा बक्स अफिस रेकर्ड तोड्ने पहिलो फिल्म थियो ।

यो वर्ष केटरीना कैफ , दीपिका पादुकोण जस्ता स्टारहरूले शीर्ष १० मा स्थान पाउन सकेनन् । आईएमडीबी-२०२२ को सूचीमा सबैभन्दा लोकप्रिय भारतीय स्टार यसप्रकार रहे : १. धनुष २. आलिया भट्ट ३. ऐश्वर्या राय बच्चन ४. रामचरण तेजा ५. सामन्था रुथ प्रभु ६. ऋतिक रोशन ७. कियारा आडवाणी ८. ल्त्. रामाराव जुनियर ९. अल्लु अर्जुन १०. यश ।

अल्लु अर्जुन पुष्पाका कारण , रामचरण तथा एनटीआर आरआरआर जस्ता फिल्मका कारण यो सुचिमा परेका हुन । यससँगै यशले केजिएफ-२ मा धमाकेदार प्रदर्शन गरेका थिए ।

सन् २०२२ मा आलिया भट्टको गंगुबाईदेखि ब्रह्मास्त्र जस्ता फिल्म रिलिज भएका थिए । योसँगै उनी दोस्रो नम्बरमा रहिन् । अर्कोतर्फ कियारा आडवाणी शीर्ष १० मा पर्न सफल भएकी छिन् । उनी यो सूचीमा ७ नम्बरमा छिन् । कियाराले सन् २०२२ मा जुग जुग जियो र भूल भुलैया- २ जस्ता सुपरहिट फिल्ममा काम गरेकी थिइन् । आईएमडीबी चलचित्र, टिभी जस्ता मनोरञ्जन क्षेत्रका सेलिब्रेटीहरु सम्बन्धि जानकारीका लागि विश्वको सबैभन्दा बिश्वसनिय स्रोत मानिन्छ ।

प्रतिक्रिया