सोमबार, वैशाख २४, २०८१

वृष राशिका लागि वर्ष २ ०२३ कस्तो रहनेछ ?

नेपालखोज २०७९ मंसिर २७ गते ६:४०

सन् २०२२ सकिन केही दिन मात्र बाँकी छ । यी दिनहरुमा आउने वर्ष शुभ होस् भन्ने सोच सबैको हुन्छ अर्थात प्रगतिका नयाँ बाटाहरु खुलुन , पैसाको कमी नहोस् । हरेक व्यक्तिमा व्यक्तिगत जीवनमा कस्तो उतारचढाव देखिने हो भन्ने पनि हुन्छ । प्रेम जीवन वा दाम्पत्य जीवन कुन दिशामा मोडिने हो भन्ने जिज्ञासा पनि धेरैमा रहन्छ । आउनुहोस् २०२३ मा वृष राशि हुनेहरुको भबिस्य कस्तो रहनेछ हेरौं : तपाईको राशिको स्वामी शुक्र हो ।

वृष राशिका लागि २०२३ सालले प्रयाप्त खुसी ल्याउनेछ। यसका साथसाथै तपाईका अगाडि केही नयाँ चुनौतीहरू पनि देखापर्नेछन् , जसलाई पार गर्दै नयाँ सफलता हात पार्न सकिनेछ । हरेक चुनौतीलाई सकारात्मक रुपमा हेर्नुहोस । त्यसपछि मात्र तपाईं सकारात्मक परिणाम प्राप्त हुनेछ । पारिवारिक जीवन : तपाईंले आफ्नो परिवारका सदस्यहरूसँग राम्रो सम्बन्ध राख्नुका साथै क्रोधलाई नियन्त्रणमा राख्नुपर्छ अन्यथा परिवारमा मनमुटाव सृजना हुन सक्छ । वर्षको मध्यमा सबै कुरा ठीक हुनेछ ।

जागिर तथा व्यापार : कामका लागी प्रयास गरिरहेका व्यक्तिहरुले माघ महिनापछि सफलता पाउनेछन । सरकारी क्षेत्रमा काम गरिरहेकाहरुका लागि विशेष लाभको अवसर जुटनेछ । व्यवसायीहरुका लागि पनि यो वर्ष राम्रो रहनेछ । वर्षको प्रारम्भमा समस्याहरु देखापरे पनि केही समयपछि प्रगतिको बाटो खुल्नेछ । समग्रमा यो वर्ष उत्तम छ, समयसँगै भाग्यले पनि साथ दिनेछ ।  वैवाहिक स्थिति : यो राशिका व्यक्तिहरु जो विवाह गर्न चाहन्छन् उनिहरुलाइ सफलता प्राप्त हुनेछ । यहि वर्ष उनीहरुको वीबाह निश्चित हुन सक्छ । यसैगरि प्रेम सम्बन्धमा रहेको दुरी पनि समाप्त हुनेछ । प्रेम जिवन – प्रेम र

रोमान्सको दृष्टिले २०२३ सालले तपाईका लागि खुशी ल्याउनेछ । आफ्नो प्रेम खुलेर व्यक्त गर्नुहोस्। स्वास्थ्य स्थिति : यो वर्ष तपाईले आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ अन्यथा बिरामी पर्न सक्नुहुन्छ । शारीरिक थकानले समस्या सृजना गर्न सक्छ। आफ्नो राम्रो ख्याल गर्नुहोला ।

शिक्षा तथा करियर : यदि यात्रा गर्ने सोचमा हुनुहुन्छ भने यो वर्ष लामो यात्रा हुनेछ । विदेश यात्राको अवसर पनि जुटन सक्छ । जहाँ तपाईं लामो समय बस्न सक्नुहुन्छ। यसका साथै कामको खोजी समाप्त हुनेछ भने प्रगतिको नयाँ बाटो खुल्नेछ। धन – सम्पत्ति : यो वर्ष आर्थिक अवस्था उतार-चढाव बीच बित्नेछ। तपाई स्वभावैले मेहनती हुनुहुन्छ यद्यपि धन बचत गर्ने बिषयमा पनि ध्यान पुर्याउनु होस् । यो वर्ष सावधानीपूर्वक पैसा खर्च गर्नुहोस् । वर्षको अन्त्य तिर रोकिएको पैसा प्राप्त गर्न सकिनेछ । सुझाव : बुधबार गाईलाई चारा ख्वाउनुहोस ।

माथि उल्लेखित जानकारि प्रामाणिक नभएर परम्परागत मान्यता तथा पुराना धार्मिक ग्रन्थहरुमा आधारित छ । तसर्थ याे नै पूर्ण सत्य एवं सटीक हाे भन्ने हाेइन । यी कुराहरुलाई अपनाउनु वा व्यबहारमा लागू गर्नु अघि सम्बन्धित क्षेत्रका विज्ञहरुकाे सल्लाह सहयाेग आवश्यक हुन्छ ।

प्रतिक्रिया