मारुतीका गाडी सुरक्षा मापदण्डमा असफल

काठमाडौ । मारुती सुजुकीका कार बजारमा उच्च माइलेज र कम मूल्यका लागि परिचित छन्। यीनै सुविधाका कारण मारुतीले कार बजारमा सबैभन्दा ठूलो हिस्सा ओगटेको छ ।
यद्यपि जहाँसम्म यो कारको सुरक्षाको प्रश्न छ, ग्लोबल एनसीएपी क्र्यास टेस्टको पछिल्लो नतिजाले यसमा प्रश्नचिन्ह खडा गरेको छ। ग्लोबलको नयाँ कार मूल्याङ्कन कार्यक्रम (ग्लोबल एनसिएपि ) ले नयाँ र थप कडा क्र्यास टेस्ट प्रोटोकलका लागि दोस्रो सेटको नतिजा घोषणा गरेको हो ।
यो परीक्षणमा मारुती सुजुकीका तीन मोडल – स्विफ्ट , एस-प्रेसो तथा इग्निस समावेश थिए जसमा यसको आधारभुत सुरक्षा स्पेसिफिकेशनमा डुअल फ्रन्टल एयरब्याग तथा एबीएसका साथ परीक्षण गरिएको थियो। मारुतिका यी तीन वटै मोडलले दुर्घटना परीक्षणमा खराब प्रदर्शन गरे । यी मोडलले वयस्क ओक्युपेन्ट सुरक्षा श्रेणीमा एक मात्र स्टार पाएका छन्। चाइल्ड ओक्युपेन्ट प्रोटेक्शन विधामा स्विफ्टले १ स्टार र इग्निस र एस प्रेसोले शून्य स्टार पाएका थिए ।
इएससि वा साइड एयरब्याग कुनै पनि मारुति गाडिमा मानक वा वैकल्पिक उपकरणका रूपमा उपलब्ध छैनन् । त्यसैले यी सबै तीन मोडलले दुर्घटना परीक्षणको समयमा अस्थिर संरचना प्रदर्शन गरे।
मारुती सुजुकी स्विफ्ट : मारुती सुजुकी स्विफ्टले ड्राइभर र यात्रुको टाउको तथा घाँटीको सुरक्षाका साथ राम्रो फ्रन्ट इम्पेक्ट प्रोटेक्शन देखाएको छ भने चालकको छातीमा कमजोर सुरक्षा अनि यात्रुको छातीमा पर्याप्त सुरक्षा देखाएको छ । यद्यपि, चालकको घुँडा र यात्रुको दाहिने घुँडाको सुरक्षा कमजोर देखिएको छ ।।
मारुती सुजुकी एस-प्रेसो : मारुती सुजुकी एस-प्रेसोले चालक र यात्रुको टाउको तथा घाँटीमा राम्रो फ्रन्टल इम्पेक्ट प्रोटेक्शन पाउँछ जबकि चालकको छातीले कमजोर सुरक्षा देखाएको छ । यसमा यात्रुको छातीको सुरक्षा पनि कमजोर देखिएको छ।ड्राइभरको घुँडाका लागि यसले सीमान्त सुरक्षा मात्र प्रदान गरेको छ ।
मारुती सुजुकी इग्निस : मारुती सुजुकी इग्निसले चालक र यात्रुको टाउको र घाँटीमा राम्रो फ्रन्टल प्रभाव प्रदान गर्दछ। यसको चालकको छातीको सुरक्षा कमजोर देखिन्छ भने यात्रुको छातीले पर्याप्त सुरक्षा पाएको देखिन्छ । इग्निसमा ड्राइभर र यात्रुको घुँडाको सुरक्षा पनि सिमित छ ।








प्रतिक्रिया