सोमबार, वैशाख १५, २०८२

२०२३ मा भ्रमण गर्न सकिने सानदार ठाउँहरू

नेपालखोज २०७९ मंसिर २७ गते १३:२१

काठमाडौं । संसारमा हेर्न र सिक्न सकिने धेरै ठाउँ छन्। यदि यात्रा प्रती रुचि छ भने यहाँ तपाईंका लागि रोमाञ्चक शहरहरूदेखि शान्त प्रकृति र उत्कृष्ट संस्कृतिका उदाहरणहरू प्रस्तुत छन जसलाई २०२३ मा भ्रमण गर्न सकिने सानदार ठाउँका रुपमा ब्याख्या गरिएको छ । यो शुचि लोनलि प्लानेटले तयार पारेको हो ।

युरोपको सांस्कृतिक राजधानी : टिमिसोरा, रोमानियाले अर्को वर्ष युरोपको सांस्कृतिक राजधानीको उपाधि प्राप्त गर्नेछ। रोमानियाको यो तेस्रो ठूलो सहर इतिहास र बहुसांस्कृतिकताका रंगहरूले भरिपुर्ण छ। यो सहर ओटोमन साम्राज्य र पछि ह्याब्सबर्गको शासन अन्तर्गत सैन्य गढ थियो । वास्तुकलाको बारोक शैलीले यसलाई “लिटिल भियना” नाम पनि दिएको छ। टिमिसोरा त्यो ठाउँ हो जहाँबाट सन् १९८९ मा रोमानियाली क्रान्ति सुरु भएको थियो।

स्मार्ट र दिगो सहर : सेभिल , स्पेनको मौसम ग्रीष्म ऋतुमा धेरै तातो हुन्छ , विशेष गरी दक्षिणमा । यहाँ सनग्लास र छाता आवश्यक हुन्छ । यद्यपि यहाँ काठका त्यस्ता डिजाइनर छतहरू फेला पर्छन जसले ठूलो राहत दिन्छन । यो शहर दिगो वास्तुकला, ट्राफिक योजना र अन्य धेरै चीजहरूको उदाहरण हो । यही कारणले यसलाई सन् २०२३ का लागि युरोपेली क्यापिटल अफ स्मार्ट टुरिज्मको उपाधि प्राप्त भएको हो ।

विचित्रको शहर : लोनली प्लेनेटले पूर्वी जर्मनीको ड्रेसडेन सहरलाई २०२३ मा घुम्नैपर्ने उत्कृष्ट सहरहरू मध्ये एकका रूपमा सुचिकृत गरेको छ । यो सूचीमा अन्य नाम लिमा, म्यानचेस्टर तथा मार्सेली छन् । ड्रेसडेनको पुरानो शहरमा पुन: निर्माण गरिएका पुरातन भवनले दर्शकहरूलाई चकित पार्छन् । यससँगै एल्बे नदीको अर्को किनारमा बनेका आधुनिक अपार्टमेन्टहरू पनि निकै आकर्षक छन् ।

उत्सबको सहर : २०२३ मा सिडनीको ओपेरा हाउसले निर्माणको ५० अौं वार्षिकउत्सब मनाउँदैछ । यो बिशेष उत्सब मनाउन त्यहाँ २३० वटा खास कार्यक्रम प्रस्तुत हुँदैछन् जसमा अस्ट्रेलियाईका साथै अन्तरराष्ट्रीय कलाकारहरुले सहभागिता जनाउने छन । त्यस मध्ये कतिपय प्रस्तुतिको मज्जा निशुल्क लिन पाइनेछ । उक्त कार्यक्रमको समापन अक्ट‍ोबर २०२३ मा एक भव्य कन्सर्टका साथ हुनेछ ।

इटस पार्टी टाइम : लिभरपूल, यूकेले यो वर्ष युक्रेनका तर्फबाट युरोभिजन गीत प्रतियोगिताको आयोजना गर्दैछ। यो प्रतियोगिता युक्रेनमा हुनु पर्ने थियो । यो भव्य सांगीतिक एक्स्ट्राभान्जा १३ मे , २०२३ मा हुनेछ। लिभरपूल यसको भावपूर्ण संगीतका लागि उत्कृष्ट विकल्प थियो। आखिर, यो त्यही ठाउँ हो जहाँ द बीटल्स एकसाथ आए र संसार उनीहरूको संगीतमा नाच्यो। लिभरपुलले सन् २०१५ मा युनेस्को सिटी अफ म्युजिकको उपाधि समेत प्राप्त गरेको थियो।

ग्रान्ड इजिप्शियन संग्रहालय : इजिप्टको राजधानी कायरोको ठीक बाहिर निर्माण गरिएको ग्रान्ड इजिप्टियन म्युजियमको ढोका २०२३ मा खुल्नेछ। गिजाको पिरामिडको फेदमा बनेको यो विशाल संग्रहालय ठूलो सिसाको बाहिरी भागका कारणले अझ विशेष देखिन्छ । यहाँ ९० हजार वर्गमिटरको क्षेत्रमा करिब ५० हजार पुरातात्विक नमूनाहरू प्रदर्शन गरिनेछ । यो सङ्ग्रहालय आफ्नै प्रकारको सबैभन्दा ठूलो सङ्ग्रहालय हुनेछ।

जीवनको उत्साह : लोनली प्लानेटले पश्चिम अफ्रिकाको घानालाई यसको वास्तविकता र जीवन्त वातावरणका लागि भ्रमण गर्नैपर्ने गन्तव्यका रूपमा मूल्याङ्कन गरेको छ । हलचलपुर्ण सडक र बजार संगै घाना को राजधानी सहर साँच्चै जादुई छ।औपनिवेशिक कालमा यो सहर दास व्यापारको केन्द्र थियो।

ट्रान्स भुटान रेल : ऐतिहासिक ट्रान्स भुटान रेल झण्डै ६० वर्षपछि पुनः सञ्चालनमा आएको छ । यो ४०० किलोमिटर लामो मार्ग पूर्व देखि पश्चिम भुटान सम्म पुग्छ । बाटोमा फेलापर्ने बुद्ध मन्दिर तथा हिमालयको सुन्दर दृश्यले हामीलाई धेरै पटक सास फेर्न बिर्साउँछ । यहाँ पदयात्रा गर्नेहरूका लागि गाइड पनि उपलब्ध छन् भने होमस्टेमा उत्कृष्ट अतिथि सत्कार पाइन्छ ।

शानदार प्रकृतिको यात्रा : स्लोभेनिया नेशनल ज्योग्राफिक पत्रिकाले स्लोभेनियालाई घुम्न सकिने विश्वका २५ उत्कृष्ट स्थानमा धेरै पटक समावेश गरेको छ । पत्रिकाले स्लोभेनियाको शानदार प्रकृतिको प्रशंसा गरेको छ। पर्यटकहरूले यहाँ स्वादिष्ट खानाको आनन्द लिन सक्छन् । करिब ४७३ किलोमिटरको साइकल यात्राले जोकसैलाई देशको उत्कृष्ट ग्रामीण इलाका मात्र नभई उत्कृष्ट रेस्टुरेन्टहरू सम्म पनि पुर्याउँछ ।

पर्यटक तान्ने सहर : संसारमा अनगिन्ती शहर र क्षेत्रहरू छन् जहाँ पर्यटकहरूको भीड लाग्छ । त्यस मध्ये इटालीको अमाल्फी कोस्ट पनि हो, जसले हरेक गर्मीमा छुट्टी मनाउनेहरूको ठूलो भीडलाई निम्तो दिन्छ। यद्यपि अब नयाँ नियमका कारण यहाँ पर्यटकको संख्या सिमित हुने भएको छ । यहाँ अहिले जोर – बिजोर प्रणाली सुरु भएको छ ।

पर्यटकहरुलाइ स्वागत छ : जापानले कोभिड महामारीको भयावह अवधिमा झण्डै दुई वर्षसम्म आफ्नो सीमाना बन्द गरेको थियो । अक्टोबर २०२२ देखि यहाँ विदेशी पर्यटकलाई फेरि आउन अनुमति दिइँदैछ। यहाँ पर्यटकको संख्या प्रि-महामारीको स्तरमा पुगेको छैन, त्यसैले भीड बढ्नु अघि टोकियोको बौद्ध विहार ब्योडो इन टेम्पल जस्ता ठाउँहरू हेर्ने यो राम्रो अवसर हो।

आफ्नो प्रेम जोगाउनुहोस् : जलवायु परिवर्तनले यात्रा र पर्यटनलाई पनि असर गरिरहेको छ । बढ्दो तापक्रमले चिसो हुने क्षेत्रलाई सहज बनाउँदै लगेको छ भने कतिपय ठाउँ यति तातो बन्दै गएका छन् कि त्यहाँ जान पनि असम्भव छ । अब ह्युस्टनको सट्टा हेलसिंकी र अलास्काको सट्टा एन्डालुसियाका बारेमा सोच्नुपर्छ। अन्टार्कटिकमा पर्यटन बढ्दै गएको छ तर त्यहाँको नाजुक इकोसिस्टमलाई खतराबाट जोगाउन पनि त्यतिकै आवश्यक छ।

प्रतिक्रिया