जुवा तथा बाजीजन्य कार्यमा संलग्न नहुन सचेत, अनलाइन जुवा खेलमा वालेट बन्द गरिने चेतावनी

नेपालखोज २०७९ मंसिर २७ गते १८:०८


काठमाडौं । नेपाल राष्ट्र बैंकले अनलाइन बैंकिङमार्फत हुने जुवा तथा बाजीजन्य कार्यमा संलग्न नहनु सबैलाई सचेत गराएको छ । मंगलबार सार्वजनिक सुचना जारी गर्दै राष्ट्र बैंकले अनलाईन बैंकिङ, मोबाईल बैंकिङ, डिजिटल वालेट जस्ता बिद्युतीय भुक्तानीका माध्यमबाट अनलाईन जुवा तथा बाजी लगायतका गैरकाकानुनी कार्यमा संलग्न नहुन सचेत गराएको छ ।

विद्युतीय भुक्तानी कारोबार मार्फत जुवा तथा बाजीजन्य लगायतका कार्यमा कोही संलग्न भएको पाइएमा सम्वन्धीत, व्यक्ति, समुह, तथा संस्थालाई कानुनी कारवाही हुने तथा निजहरुको बैंक खाता, मोवाईल वालेट लगायतबाट हुने कारोबार रोक्क गरिने जानकारी दिएको छ ।

सोही सुचना मार्फत राष्ट्र बैंकले अनुमती पत्र प्राप्त संस्थाहरुले जुवा तथा बाजीजन्य कार्यहरुको भुक्तानी बैंक खाता, मोबाईल बैंकिङ, मोवाईल वालेट लगायतका माध्यमबाट हुन नदिने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ । यस्तो कार्य गरेको थाहा पाएमा राष्ट्र बैंकमा जानकारी दिन पनि राष्ट्र बैंकले आग्रह गरेको छ ।

प्रतिक्रिया