कुन देशको पासपोर्ट कति शक्तिशाली ?

काठमाडाैं । द पासपोर्ट इन्डेक्स – २०२२ अनुसार नेपालको पासपोर्ट शक्तिशाली पासपोर्टको सुचिको ८६औं स्थानमा छ । यो सूची जम्मा ९७ स्थानमा वर्गीकृत छ अर्थात नेपाल पुछारको स्थान बाट ११ स्थान मात्र माथि छ । उक्त स्थानमा नेपाल सँगै नाइजेरिया , कंगो , श्रीलंका तथा लेबनान छन् । २०२२ को रिपोर्टमा यूएईको पासपोर्ट शक्तिशाली पासपोर्टको रेटिङको शीर्ष स्थानमा छ । द पासपोर्ट इन्डेक्स – २०२२, आर्टोन क्यापिटलद्वारा प्रकाशित, विश्वको सबैभन्दा शक्तिशाली र कमजोर राहदानीहरूको एउटा श्रेणी हो ।
यसले कुन पासपोर्टबाट बिना भिसा कति देशमा प्रवेश गर्न सकिन्छ भन्ने कराका आधारमा यो सूची तयार गर्दछ । यूएईको पासपोर्ट धारकहरूले बिना कुनै झन्झट १८० देशमा प्रवेश गर्न सक्छन् । उनीहरूले ५९ देशमा भिसा अन अराइभल तथा १२१ देशमा भिसा फ्री इन्ट्री सुविधा पाउँछन् । उनीहरूलाई ८९ देशका लागि मात्र भिसा चाहिन्छ। नेपालको पासपोर्ट बाट १५ वटा देसमा मात्र भिसा फ्री इन्ट्री सुबिधा पाइन्छ भने ४० वटा देसमा भिसा अन अराइभल सुबिधा उपलब्ध हुन्छ ।
नेपालीहरुलाई १४३ वटा देसमा प्रवेश गर्न भिसा अनिवार्य छ । कंगो, कोसोभो तथा बर्मा यो सूचीमा नेपालभन्दा ठिक माथि छन् भने सुडान ठिक तल छ । यो सूचीमा जर्मनी, इटाली, फ्रान्स, स्पेन, लग्जेम्बर्गसहित दश युरोपेली देश सबैभन्दा माथि छन् । यद्यपि दक्षिण कोरिया पनि उनीहरु सँगै यो सूचीको दोस्रो स्थानमा छ । यी राहदानी धारकहरूलाई १२६ वटा देशमा भिसा फ्री प्रवेश तथा ४७ वटा देशमा भिसा अन अराइभल सुविधा उपलब्ध छ ।
संयुक्त राज्य अमेरिकाको राहदानी भिसा-रहित प्रवेशका लागि सम्भावित ११६ देशमा तेस्रो स्थानमा छ, त्यसपछि बेलायत चौथो स्थानमा छ। ६९ र्याङ्किङमा भएका भारतीयहरूले २४ देशमा मात्र बिना भिसा यात्रा गर्न सक्छन् भने अन्य ४८ वटा देशमा भिसा अन अराइभल सुविधा छ भने १२६ वटा देशमा भिसा आवश्यक पर्छ । भारतको पासपोर्ट गाम्बिया, घाना, उज्वेकिस्तान र तान्जानिया जस्ता देशहरूको बराबरिमा छ ।
यो सुचिको अन्तिम स्थानमा अफगानिस्तान छ जसको भिसा फ्री सूचीमा जम्मा ३८ देश छन् । यसैगरी यो सुचिको तल्लो लहरमा सिरिया, इराक, पाकिस्तान, सोमालिया, यमन, उत्तर कोरिया, बंगलादेश, लिबिया, इरान आदि छन । राहदानी सूचकाङ्क पद्धति संयुक्त राष्ट्र संघका १३९ सदस्य राष्ट्रमा आधारित छ र यो सूचीका लागि ६ वटा क्षेत्रलाइ आधार मानिएको छ । यसका तथ्याङ्क सम्बन्धित सरकारहरूद्वारा उपलब्ध गराइएका आधिकारिक जानकारीमा आधारित हुन्छन् र क्राउडसोर्सिङमार्फत प्राप्त जानकारीका साथ यसलाई अद्यावधिक गरिन्छ ।

प्रतिक्रिया