वर्ष-२०२२ जसले छाडेर गए

नेपालखोज २०७९ मंसिर २८ गते १३:१९

काठमाडौं । सन् २०२२ सकिन केही दिन मात्र बाँकी छ । जहाँ यो वर्ष केही राम्रा फिल्म, शो तथा स्टारले भरिपूर्ण रह्यो त्यसका साथसाथै २०२२ मा केही दुःखद क्षणहरू पनि आए । त्यस्ता पलहरूमा केहि मृत्यु पनि समावेश छन जसले धेरैलाई दुखि तुल्यायो। कमेडीयन राजु श्रीवास्तव देखि गायक केकेसम्म यस्ता धेरै स्टार छन् जसको निधनको खबरले सबैको आँखामा आँसु ल्यायो । यो वर्ष यो संसारलाई अलविदा भन्ने बलिउडकर्मिहरु :

लता मंगेशकर : स्वर कोकिला लता मंगेशकरले फेब्रुअरी ६ मा अन्तिम सास लिइन् । लताले करिब २८ दिनसम्म निमोनिया र कोभिडसँग संघर्ष गरेकि थिइन् ।

बप्पी लहरी : आफ्नो गीतबाट करोडौंको मनमा बस्ने गायक बप्पी लहरीले १५ फेब्रुअरी २०२२ मा मुम्बईमा यो संसारबाट बिदा लिए । उनी निद्रा नलाग्ने समस्याबाट ग्रस्त थिए ।

केके : बलिउडका चर्चित गायक केकेको निधन ३१ मेमा भएको थियो । उनको मृत्युको खबरले सबैलाई हल्लायो । केके मृत्युअघि कोलकाताको एउटा कलेजमा कन्सर्ट गरिरहेका थिए । कन्सर्टका क्रममा केकेले असहज महसुस गरेपछि उनलाई अस्पताल लगियो तर त्यहीँ उनको सास रोकियो ।

राजू श्रीवास्तव : कमेडीयन राजु श्रीवास्तवलाई १० अगस्ट २०२२ मा हृदयघात भयो र उनलाई नयाँ दिल्लीको एम्समा भर्ना गरियो । उनलाई लगातार अस्पतालमा राखिएको थियो तर २१ सेप्टेम्बर २०२२ मा उनले अन्तिम सास फेरे।

सिद्धू मूसेवाला : गत मे २९ मा पञ्जाबी गायक सिद्धु मुसेवालामाथि गोली प्रहार हुँदा उनको मृत्यु भएको थियो । सिद्धुको आकस्मिक निधनले उनका फ्यानहरुलाइ दुखि त तुल्यायो नै यो खवर निकै चर्चामा समेत रह्यो ।

विक्रम गोखले : चर्चित तथा दिग्गज अभिनेता विक्रम गोखलेको २६ नोभेम्बरमा निधन भयो । उनले ८२ वर्षको उमेरमा अन्तिम सास फेरे । विक्रम नोभेम्बर ५ देखि पुणेको दीनानाथ मंगेशकर अस्पतालमा भर्ना भएका थिए र उनको अवस्था गम्भीर रहेको बताइएको थियो ।

प्रतिक्रिया