सोमबार, वैशाख २४, २०८१

गुरु बृहस्पति !

नेपालखोज २०७९ मंसिर २९ गते ५:००

बिहीबार देवताका गुरु बृहस्पति तथा भगवान् श्री हरि विष्णुको लागि समर्पित छ । यो दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ । पहेलो रंगको कपडा लगाउने र पहेलै वस्तुको दान गरेमा शुभ मिल्नेछ । साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ ।

वैवाहिक सुख प्रप्तिका लागि, गुरु वृहस्पतिको अनिष्ट फल निवारणका निम्ति तथा विद्या, पुत्र सन्तान एवं धन प्राप्तिका लागि बिहीबारको व्रतको सम्पादन गरिन्छ । बिहीबारको व्रत सम्पादन गर्दा केराको रुखलाई पूजा गर्ने प्रचलन छ । पूजा गर्दा पहेंलो चन्दन, चनाको दाल, छाता, लड्डु आदिको दान गर्नुपर्छ । भोजन गर्दा एक छाक नुन बार्नुपर्छ ।

– सुरुमा मूर्ति अथवा फोटोको अगाडि पवित्र मनले दीयो जलाइदिनुहोस् ।
– दियो जलाइसकेपछि भगवान्‌लाई मनपर्ने तपाईंले तयार पारेको प्रसाद चढाइदिनुहोस् ।
– महिला भक्तजन भए आफ्नो साडी अर्थात् सलले पूजा समयमा शिर छोप्नुहोला ।
– अब अगरबत्ती जलाइ त्यसलाई हातमा लिएर विष्णु भगवान्‌लाई विभिन्न सुगन्धसहित पूजा आराधना गर्नुहोस् ।
– फूल, अक्षता, पातीहरु अगरबत्ती बालेर आराधना गरिसकेपछि चढाइदिएर पूजा गर्नुहोस् ।
– विष्णु भगवान्‌को मन्त्र उच्चारणमाथि पहिलो चरणबाटै गर्नुपर्नेछ अब मन्त्र उच्चारण गर्दै गणेश भक्ति गाइरहनुहोस् ।
– तपाईंको मनमा विष्णु भगवान् भएको कल्पना गर्नुहोस्,आँखा बन्द गरेर विष्णु भगवान् आफूसँगै भएको महसुस गर्नुहोस् ।
– भगवान्‌सँग बोल्नुहोस्, केही इच्छित कुरा भए माग्नुहोस् र तपाईं उहाँको भक्त भएको भान गराउनुहोस् ।
– भगवान्‌को शिरमा टीका लगाएर आफू पनि लगाउनुहोस् र अरुलाई पनि लगाइदिनुहोस् ।
– सम्पूर्ण भक्तजन साथै स्वयं आफैंले प्रसाद लिनुहोस्, खुवाउनुहोस् ।

प्रतिक्रिया