कतारमा फ्रान्सको प्रदर्शन

काठमाडाैं । फ्रान्स समूह चरणको अन्तिम खेलमा ट्युनिसियासँग १-० ले पराजित भएको थियो । यस्तै फ्रान्सले अर्जेन्टिना भन्दा १ गोल बढी अर्थात १३ गोल गरेको छ । जसमा किलिएन एमबाप्पेले ५ गोल गरेका छन भने ओलिभर जिरुडले ४ गोल गरेका छन् ।
यसैगरी एड्रिएन राबिओट, औरेलियन चुवामेनी, थियो हर्नान्डेज तथा रान्डलकोलो मुआमीले फ्रान्सका लागि समान १-१ गोल गरेका छन् । फ्रान्सले सेमिफाइनलमा मात्र क्लिनसिट राखेको थियो ।क्वाटरफाइनलसम्म हरेक खेलमा गोल बेहोरेको फ्रान्सले ट्युनिसिया विरुद्ध गोल गर्न सकेन ।
मेसी र क्रिस्टियानो रोनाल्डोपछिका नयाँ स्टार एमबाप्पेको प्रदर्शनमा फ्रान्स ६० वर्षपछि लगातार दुई पटक विश्वकप विजेता बन्ने योजनामा छ । सन् १९५८ मा ब्राजिलले लगातार विश्वकप जितेयता कुनै पनि टिमले उपाधि रक्षा गर्न सकेका छैनन । यसपटक फ्रान्स भने त्यसको नजिक पुगेको छ ।
कतारमा फ्रान्सको प्रदर्शन
समूह चरण
अष्ट्रेलिया विरुद्ध ४-१ ले विजयी
डेनमार्क विरुद्ध २-१ ले विजयी
ट्युनिसियासँग १-० ले पराजित
प्री – क्वाटरफाइनल :
पोल्याण्ड विरुद्ध ३-१ ले विजयी
क्वाटरफाइनल :
इंग्ल्याण्ड विरुद्ध २-१ ले विजयी
सेमिफाइनल :
मोरक्को विरुद्ध २-० ले विजयी ।
प्रतिक्रिया