कस्तो हुनेछ समापन समारोह

नेपालखोज २०७९ पुष ३ गते ११:१३

काठमाडौं । फिफा विश्वकप-२०२२ को उपाधि माथि अर्जेन्टिनाले कब्जा जमाउने छ कि फ्रान्सले ? यो कौतुहलताको जबाफ सारा विश्वले केही घण्टा पछि नै थाहा पाउनेछ ।

फिफा विश्वकपको फाइनल खेल अर्जेन्टिना र फ्रान्सबीच आइतबार अर्थात डिसेम्बर १८ मा राति ८:४५ मा हुने भएपनि त्यसअघि समापन समारोह प्रस्तुत हुनेछ । उक्त समारोहमा विश्वका धेरै ठूला स्टारहरुले परफर्म गर्नेछन् । त्यसमा अरबियन मुलकि बलिउड अभिनेत्री नोरा फतेही पनि सामेल छिन । अहिले फुटबल फ्यानहरु विश्वकप-२०२२ को फाइनल खेलसँगै समापन समारोहको प्रतिक्षामा समेत छन् । आज डिसेम्बर १८, कतारको राष्ट्रिय दिवस पनि हो, त्यसैले पनि आजको समारोह बिशेष र भब्य हुने निश्चित छ । आजको कार्यक्रममा आतिशबाजीको एउटा नयाँ रंग समेत हेर्न पाईनेछ ।

यो समापन समारोह फ्रान्स र अर्जेन्टिना बीचको महाभिडन्त भन्दा ठीक अघि हुनेछ । समापन समारोह नेपाली समय अनुसार साँझ ६.४५ बजे सुरु हुने बताइएको छ जुन करिब आधा घण्टा चल्नेछ । विश्वकप – २०२२ को समापन समारोह तथा फाइनल खेल दुबै लुसेल रंगशालामा प्रस्तुत हुनेछन । लुसेल स्टेडियम कतारको सबैभन्दा ठूलो रंगशाला हो। यसको क्षमता करिब ८९ हजार दर्शकको छ ।

समापन समारोहमा क-कसले प्रस्तुति दिनेछन ?

अभिनेत्री नोरा फतेहीले फिफा विश्वकपको समापन समारोहमा प्रस्तुति दिने पक्का भैसकेको छ । यद्यपी अन्य कुन-कुन कलाकारले समापन समारोह लाई रंगिन बनाउने छन त्यसको आधिकारिक जानकारि सार्वजनिक गरिएको छैन । यद्यपि समारोहमा नाइजेरियाली-अमेरिकी संगीतकार डेभिडोले विश्वकप-२०२२ को थिम गीत (हया-हया) मा प्रस्तुति दिने लगभग पक्का छ।

प्रतिक्रिया