सुनचाँदीकै मूल्य स्थिर
नेपालखोज
२०७९ पुष ४ गते ११:१२

काठमाडौं । नेपाली बजारमा आज (साेमबार) सुनचाँदीको भाउ स्थिर रहेकाे छ । छापावाल सुन प्रतितोला १ लाख ५ सय रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन प्रतितोला १ लाख ५ सय रुपैयाँमा नै कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुनको भाउ पनि स्थिर रहेकाे छ । तेजाबी सुन प्रतितोला १ लाख रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार तेजाबी सुन प्रतितोला १ लाख रुपैयाँमा नै कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको भाउ पनि स्थिर रहेकाे छ । चाँदी आज प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा नै कारोबार भएको महासंघले जनाएको छ ।

सम्बन्धित
प्रतिक्रिया