सिके राउत बने संसदीय दलको नेता
नेपालखोज
२०७९ पुष ४ गते १४:२९

काठमाडौं । राष्ट्रिय जनमत पार्टीले संसदीय दलको नेतामा अध्यक्ष चन्द्रकान्त(सीके) राउतलाई नै संसदीय दलको नेता चुनेको छ। बुद्धनगरस्थित पार्टी कार्यालयमा आइतबार बसेको बैठकले अध्यक्ष राउतलाई नै सर्वसम्मत पार्टीको संसदीय दलको नेता चयन गरेको हो ।
प्रत्यक्षमा आफूमात्रै जितेका राउतको जनमत पार्टीले समानुपातिकमा भने पाँच सिट जितेको छ । कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले बहुमत ल्याउन नसकेको अवस्थामा जनमत निर्णायक बनेर सरकारमा जाने तयारीमा छ ।
महासचिव चन्दन राउतले पार्टीको संसदीय दलको नेतामा अध्यक्ष सीके राउतलाई सर्वसम्मत चयन गरेको बताए । ‘हाम्रो दलको नेता उहाँ नै हो । उहाँको विकल्प हुने कुरै भएन,’ उनले, ‘आज प्रक्रिया पुर्याएर उहाँलाई जिम्मेवारी दिइएको हो ।’
सम्बन्धित
प्रतिक्रिया