पेटमा ग्याँस भरिएर हैरान हुनुहुन्छ ?

मानव जिवनकालागि चाहिने आहारा तथा खानपिनमा अत्याधिक हालिने मसलाले कतिकाे असर गरिरहेकाे हुन्छ ? त्यसकाे बारेमा धेरै अनभिज्ञ रहेका छन् । त्यस्ताे परिकारयुक्त खाना खादा एसिडिटी हुन्छ जसका कारण शरीर र पेट भारी हुन्छ । यस्तो स्थितिमा औषधि खाँदा पनि तपाईँलाई निको नहुन सक्छ ।
तर नडराउनुस्, पेटमा ग्यास जम्ने समस्याबाट छुटकारा पाउनका लागि यस्ता घरेलु उपाय अपनाउनुस तुरून्त समस्याबाट छुटकारा पाउन सक्नुहुनेछ। के हुन ति उपाय ?
१. अमला : तपाईँलाई एसिडिटीको समस्या छ भने अमलाको क्यान्डी बनाएर खानुस्, आराम पुग्छ ।
२. ज्वानो : ज्वानोलाई पानीमा उमालेर पिउनुस । ग्याँसको समस्या तत्काल निको हुन्छ ।
३. तुलसीकाे पात : तुलसीका पातले रुघाखोकीका साथसाथ ग्याँसबाट पनि छुटकारा दिलाउँछन् ।
४. बेसार : दहीमा बेसार मिसाएर खाँदा ग्याँसको समस्या भाग्छ । पेट दुखेको छ वा बाउँडिएको छ भने पानीमा बेसार हालेर खानुभए पनि हुन्छ ।
५. जिरा : कब्जियत वा पेटका अन्य दुखाइमा जिरालाई भुटेर त्यसमा वीरे नुन हालेर पानीमा उमालेर खाँदा पनि ग्याँसले सताउँदैन ।
साबधानी : स्वास्थ्य सम्बन्धी यो सामग्री सामान्य जानकारीहरुमा आधारित छ । मानिसको शारिरिक अवस्था र समय अनुसार माथि उल्लेखित कुराहरुमा फरक पर्न सक्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्र भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्नु अघि अनिवार्य रुपमा स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।
प्रतिक्रिया