सोमबार, पुष ७, २०८२

मञ्जुश्री फाइनान्सद्धारा अनलाईन खाता सेवा सुरु

नेपालखोज २०७९ पुष ५ गते १३:३९

काठमाडौं । मन्जुश्री फाइनान्सले ग्राहकहरुको सुबिधाको लागि अब आफु बसेकै ठाउँबाट सजिलै खाता खोल्नका लागि अनलाईन खाताको सुबिधा ल्याएको छ । उच्चतम ब्याज दरमा निक्षेप तथा सुलभ दरमा कर्जा प्रवाह लगायत ग्राहकहरुलाई रेमिटान्स लगायतका अन्य बैंकिङ सुविधा उपलव्ध गराउदै आएको फाइनान्सले अब अनलाइन सेवा मार्फत खाता खाल्ने सुविधा उपलव्ध गराएकोे हो ।

साथै ‘मञ्जुश्री प्रिमियम बचत खाता’ र एक वर्ष वा सो भन्दा बढि अवधिको ब्याक्तिगत मुद्दती निक्षेपमा दुर्घटना तथा स्वास्थ्य बीमा समेत समावेश गरिएको जानकारी पनि दिएको छ ।

स्मार्ट टेलरद्वारा भुक्तानीको सेवा, क्युआरकोड भुक्तानीको सेवा, मोबाइल बैंकिङ, एटिम कार्ड, अन्य आधुनिक बैंकिङ सुविधा उपलव्ध उपलब्ध गराउदै आएको छ । फाइनान्सले २०७९ मङ्गसिर मसान्तसम्म १२ अर्ब ४५ करोड निक्षेप संकलन तथा ११ अर्ब ७४ करोड रुपैयाँ कर्जा लगानी रहेको छ ।

फाइनान्सको केन्द्रिय कार्यालय, नयाँ बानेश्वर काठमाडौंमा रहि न्युरोड, चाहविल, गंगवु, कलंकी, कुमारीपाटी, नारायणगढ, पर्सावजार, भरतपुर, टाँडी, गैंडाकोट, बुटवल, मुर्गिया, योगीकुटी, मनिग्राम, भैरहवा, धनगढी, इटहरी, विराटचोक, झुम्का, ईनरुवा, बिराटनगर, नेपालगञ्ज, धरान, पोखरा, बीरगञ्ज, लगायतका शाखाबाट कारोबार गरिरहेको राष्ट्रियस्तरको वित्तिय संस्था हो ।

प्रतिक्रिया