बिहीबार, जेठ २, २०८२

मेस्सी वर्ल्ड स्पोर्ट्स स्टार अफ द इयर घोषित

नेपालखोज २०७९ पुष ५ गते १६:२३

काठमाडौं । फुटबल विश्वकप विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी २०२२ का लागि बीबीसी स्पोर्ट्स पर्सनालिटीको वल्र्ड स्पोर्ट स्टार अफ द इयर घोषित भएका छन् ।

३५ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि ३६ वर्षपछि कतारमा विश्वकप जितेका हुन् । उनलाई गोल्डेन बल अवार्ड पनि प्रदान गरिएको थियो । जब मेस्सी आइतवार फ्रान्ससँग विश्वकपको फाइनल खेल्न ओर्लिए, त्यो उनको विश्वकपको २६औं खेल थियो। यसरी उनले जर्मन खेलाडी लोथर माथियासको विश्वकपमा सबैभन्दा धेरै खेल खेल्ने कीर्तिमान पनि तोडेका छन् ।

मेस्सी अब अर्जेन्टिनाका लागि विश्वकपमा सर्वाधिक गोलकर्ता बनेका छन् भने पाँचौं विश्वकप उनका लागि उत्कृष्ट साबित भएको छ । गोल र असिस्टमा उनी शीर्ष स्थानमा छन् ।

प्रतिक्रिया