बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी कार्की पक्राउ

नेपालखोज २०७९ पुष ५ गते १७:३०

काठमाडौं । बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी श्री कृष्ण कार्की पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनकाअनुसार काभ्रेको बनेपा घर भई हाल काठमाडौंको नयाँ बानेश्वर बस्ने कार्कीलाई मंगलबार काठमाडौंको बानेश्वरबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका कार्कीउपर बैंकिङ कसुर मुद्धामा उच्च अदालत पाटनको बिसं २०७७ पुस २८ गेतेको फैसलाले ११ लाख ९५ हजार रुपैंयाँ जरिवाना र सात दिन कैद सँजाय तोकिएको थियो । सो पश्चात फरार भएका कार्कीलाई पक्राउ गरे लगत्तै फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया