स्वास्थ्यमा सुधार आएपछि नेता पुन स्वदेश फिर्ता

नेपालखोज २०७९ पुष ५ गते १९:५०

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन चीनमा उपचार गराएर आज स्वदेश फर्किएका छन् । स्वास्थ्यमा सुधार भएपछि आज नेता पुन स्वदेश फर्किएका हुन् । चीनको चाइना साउदर्न एयरलाइन्सको नियमित उडानमार्फत् उहाँ स्वदेश फर्कएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले पूर्वमन्त्रीसमेत रहनुभएका नेता पुनको स्वागत गरेका थिए । वंशाणुगत जण्डिसबाट पीडित भएका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि गत मङ्सिर १६ गते उपचारका लागि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पताल गएका छन् ।

स्वास्थ्यमा सुधार देखिएपछि चिकित्सकको सल्लाहबमोजिम आफूहरु स्वदेश फर्किएको पूर्वसभामुखसमेत रहनुभएका नेता पुनका पत्नी ओनसरी घर्तीले जानकारी दिए ।

प्रतिक्रिया