आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने
नेपालखोज
२०७९ पुष ६ गते ६:५२

काठमाडाैं । हाल जम्मु कस्मिरमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले लुम्बिनी, सुदूरपश्चिम प्रदेश तथा देशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका थोरै भू-भागमा हुस्सु/कुहिरो रहेको विभागले जनाएकाे छ ।
आज दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागले जनाएकाे छ । त्यस्तै आज राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएकाे छ ।
त्यसैगरी, तराईका केही भू-भागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने र देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले आवश्यक सावधानी अपनाउन अनुरोध विभागले अनुराेध गरेकाे छ ।
सम्बन्धित

प्रतिक्रिया