मंगलबार, जेठ ८, २०८१

फ्ल्यासब्याक २०२२ : सुपरस्टारका फिल्म पनि फ्लप भए

नेपालखोज २०७९ पुष ६ गते १६:५५

काठमाडाैं । कोरोना महामारि पछि यो वर्ष बिस्तारै थिएटरहरु खुले अनि फिल्म रिलिज हुन थाले । यद्यपि अनुमान गरेजस्तै धेरै कम हिन्दी फिल्मले मात्र दर्शकलाई सिनेमा हलसम्म तान्ने काममा सफलता पाए जसका कारण सुपरस्टारका बहुचर्चित फिल्म पनि फ्लप साबित भए । वर्ष २०२२ सकिन लागेको छ । यसक्रममा जानौँ बलिउडका ती फिल्महरूका बारेमा जुन बक्स अफिसमा फ्लप साबित भए

शमशेरा : अभिनेता रणवीर कपुरले चलचित्र शमशेराबाट धेरै वर्षपछि ठूलो पर्दामा पुनरागमन गरेका थिए तर उनको फिल्मले बक्स अफिसमा खासै कमाई गर्न सकेन । यसले बक्स अफिसमा ६८ करोड रुपैयाँ मात्र संकलन गरेको थियो ।

जयेशभाई जोरदार : रणवीर सिंह अभिनीत यो चलचित्रमा शालिनी पाण्डे र बोमन इरानी जस्ता कलाकार पनि थिए तर, यसको कथालाई दर्शकहरुले रुचाएनन् । यो फिल्म ठुलो फ्लप साबित भयो ।

धाकड : यो फिल्ममा बलिउड अभिनेत्री कंगना रनौत एक्सन भुमिकामा देखिएकी थिइन् तर उनको फिल्मले बक्स अफिसमा खासै कमाई गर्न सकेन । रिपोर्ट अनुसार यसले ३.२० करोड रुपैयाँ मात्र कमाएको छ ।

लाल सिंह चड्ढा : यो आमिर खान र करीना कपूरको बहुप्रतिक्षित फिल्म थियो। धेरै वर्षदेखि दर्शकले यो फिल्मलाई पर्खिरहेका थिए तर यसले दर्शकको अपेक्षालाई चकनाचुर पार्यो । यसले ९२ करोड रुपैयाँ मात्र संकलन गर्न सक्यो भने यो फिल्मको बजेट १८० करोड रुपैयाँ थियो ।

विक्रम वेधा : यो फिल्ममा सैफ अली खान र ऋतिक रोशनको जोडी पहिलो पटक पर्दामा देखा परेको थियो । यो साउथको रिमेक फिल्मले बक्स अफिसमा १ सय २० करोड रुपैयाँ कमाएको थियो, जबकि यसको बजेट लगभग १८० करोड रुपैयाँ थियो।

फोनभूत : यो कट्रिना कैफको बहुप्रतिक्षित फिल्म थियो । यसमा इशान खट्टर र सिद्धान्त चतुर्वेदी पनि थिए, तर बक्स अफिसमा यसले पानी सम्म भन्न पाएन। यो फिल्मले २० करोड रुपैयाँ मात्र कमाएको थियो ।

सम्राट पृथ्वीराज : मिस वर्ल्ड मानुषी छिल्लरले अक्षय कुमारको यो फिल्मबाट बलिउडमा डेब्यु गरेकी थिइन् । यद्यपि अक्षय र उनको जोडीलाई दर्शकले रुचाएनन् । यो फिल्मले बक्स अफिसमा १ सय २० करोड मात्रै कमायो । यसको बजेट ३ सय २० सय करोड रुपैयाँ थियो ।

जर्सी : यो फिल्ममा शाहिद कपुर र मृणाल ठाकुर जस्ता कलाकार थिए । कथा क्रिकेटसँग सम्बन्धित थियो तर यसले दर्शकहरुलाई तान्न सकेन । शाहिदको अभिनयलाई दर्शकले रुचाए पनि व्यापारले कुनै कमाल देखाउन सकेन । यसले ४८ करोड रुपैयाँ जति मात्र संकलन गरेको छ ।

रक्षाबन्धन : अक्षय कुमारको अर्को फिल्म पनि फ्लप भयो । यो फिल्मको कथा दाइजोमा आधारित थियो । रक्षाबन्धनले पनि बक्स अफिसमा ७० करोड रुपैयाँ मात्र कमाउन सक्यो , जुन यसको बजेटको आधा पनि होइन।

थ्यांक गड : यो फिल्ममा अजय देवगन, सिद्धार्थ मल्होत्रा ​​र रकुल प्रीत सिंहको मुख्य भूमिका थियो । यो फिल्मको बजेट १ सय ६० करोड भएपनि यसले ५५ करोड रुपैयाँ मात्र कमाएको थियो । यो फिल्म हेरेपछि दर्शकहरु अनुहार लुकाउँदै हलबाट निस्किएका थिए ।

प्रतिक्रिया