भैरहवाका स्पा सेन्टरमा प्रहरीको छापा
नेपालखोज
२०७९ पुष ७ गते १०:०१

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भैरहवाका दुई स्पा सेन्टरबाट १५ जनालाई पक्राउ गरेको छ । कार्यालयले अनुगमनको क्रममा अनौतिक क्रियाकलाप गरेको फेला परेको भन्दै उनीहरूलाई पक्राउ गरेको हो ।
रुपन्देही प्रहरीले भैरहवाको आवारोडस्थित हनि स्पा एण्ड सैलुन तथा बैंक रोडस्थित युनिक स्पा एण्ड सैलुनमा अनुगमन गरेको थियो । उक्त स्पा सेन्टरको नाममा बारम्बार उजुरी आएपछि अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले जानकारी दिएका छन ।
अनुगमनका क्रममा युनिकबाट ३ जना महिला र ३ पुरुष तथा हनिबाट ४ पुरुष र ५ महिला लाई नियन्त्रणमा लिइएको हो ।
सम्बन्धित

प्रतिक्रिया