सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली भू-भागमा हिमपातको सम्भावना

नेपालखोज २०७९ पुष ८ गते ६:४५

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । अहिले देशको पहाडी भू-भागमा आंशिक बदली रही तराईका केही भू-भागमा हुस्सुरकुहिरो लागेको विभागले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने आज राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ भने सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया