यस्ताे छ आजका लागि विदेशी मुद्राको विनिमयदर

नेपालखोज २०७९ पुष ८ गते ८:३६

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७३ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १४० रुपैयाँ ७४ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३८ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५९ रुपैयाँ ९३ पैसा र बिक्रीदर १६० रुपैयाँ ६६ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर १० रुपैयाँ ०१ पैसा रहेको छ भने बिक्रीदर १० रुपैयाँ ०५ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ रहेको १३ पैसा रहेको छ भने, बिक्रीदर ३५ रुपैयाँ २९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया