‘मनिचेञ्जर तथा रेमिट्यान्स कम्पनीको सञ्चालक हुन अपराधिक गतिविधिमा संलग्न नभएको हुनुपर्ने’

नेपालखोज २०७९ पुष ८ गते १५:०८


काठमाडौं । नेपाल राष्ट्र बैंकले बिदेशी विनिमय कारोबार सम्वन्धी व्यवस्थामा कडाई गरेको छ । राष्ट्र बैंकले शुक्रबार नेपाल राष्ट्र बैंंक विप्रेषण विनियमावली, २०६७, नेपाल राष्ट्र बैंक मनी चेञ्जर इजाजतपत्र तथा विनियमावली, २०७७, तथा नेपाल राष्ट्र बैंक विदेशी विनिमय कारोबार इजाजतपत्र तथा विनियमावली २०७७ लाई संसोधन गर्दे सञ्चालक सम्वन्धी व्यवस्थामा कडाई गरेको हो । संशोधित विनियमावली परिपत्र जारी भएको दिन अर्थात शुक्रबार देखि नैं कार्यान्वयनमा आएको राष्ट्र बैंकले जनाएको छ ।

यस अन्र्तगत नेपाल राष्ट्र बैंक विप्रेषण बिनियमावलील, २०६७ लाई संसोधन गरी विदेशी विनिमय कारोबारमा संलग्न हुने कम्पनीमा सञ्चालक हुनुको लागि प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभुमी देखिएको भए सजाय भुक्तानी गरेको पाँच बर्ष व्यतीत भईसकेको प्रमाण पेस गर्नुपर्ने छ । परिपत्र अनुसार प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभुमी देखिएको भए सजाय भुक्तान गरेको पाँच बर्ष व्यतीत भईसकेको सम्वन्धी प्रमाण समेत पेस गर्दछ, भनेर उल्लेख गर्नु पर्ने छ ।

यसैगरी नेपाल राष्ट्र बैंक मनीचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ लाई पनि संसोधन गरी प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभुमी देखिएको भए सजाय भुक्तान गरेको पाँच वर्ष व्यतीत भइसकेको प्रमाण पत्र पेस गर्नुपर्ने छ । नेपाल राष्ट्र बैंक विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ लाई पनि संशोधन गरी प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभुमी देखिएको भए सजाय भुक्तान गरेको पाँच बर्ष व्यतीत भईसकेको प्रमाणपत्र पेस गर्नुपर्ने छ ।

प्रतिक्रिया