बाराकाे भुतहीमा गोली चल्दा एक भारतीय व्यापारी घाइते
नेपालखोज
२०७९ पुष ८ गते २१:३१

बारा । बारामा गाेली चल्दा एक जना व्यापारी घाइते भएका छन् । माेटरसाइकलमा आएकाे अज्ञात समूहले गाेली चलाएकाे हाे ।
बाराको महागढीमाई नगरपालिका भुतही पुलनजिकै चिया पसलमा मोटरसाइकलमा आएका दुई जना व्यक्तिले शुक्रबार साँझ गोली चलाउँदा भारतीय व्यापारी शिवपुजन यादव गम्भीर घाइते भएकाे प्रहरीले जनाएकाे छ ।
गाेली प्रहार गर्ने समूहकाे पहिचान हुन नसेकेकाे जनाइएकाे छ । घाइतेको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
सम्बन्धित
प्रतिक्रिया