एन.सी.सी आल्मुनाई एशोसिएससनद्वारा प्रभातफेरी कार्यक्रम सञ्चालन

नेपालखोज २०७९ पुष ९ गते १४:४५

काठमाडौं । नेशनल क्याडेट क्रप्स (एन.सी.सी) आल्मुनाई एशोसिएसनले प्रभातफेरी कार्यक्रम सञ्चालन गरेको छ । एशोसिएसनले पांचौ वार्षिकोत्सवको अवसरमा आज शनिबार राष्ट्रिय सेवा दलद्वारा काठमाण्डौं जिल्ला (जगन्नाथदेवल–भोटाहिटी–रत्नपार्क–भद्रकाली–माईतिघर मण्डला हुंदै जंगी अड्डासम्म) मा प्रभातफेरी कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा राष्ट्रिय सेवा दलका रथीवृन्द तथा अधिकृतहरु, एन.सि.सि.ए.एका पदाधिकारीहरु, ल्ऋऋ का पूर्व तथा तालिमरत क्याडेटहरु र सैनिक व्याण्डको सहभागिता रहेको थियो । उक्त कार्यक्रमपश्चात राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी सुरेश कुमार कार्की (अवकाश प्राप्त) द्वारा जंगी अड्डादस्थित सभामण्डप हलमा आयोजित एक कार्यक्रमकाबीच प्रभातफेरी कार्यक्रममा सहभागी टोलीलाई सम्बोधन गरेका थिए ।

पाँचौ बार्षिकोत्सवको अवसरमा एन.सि.सि आल्मुनाई एशोसिएसन नेपालले विभिन्न जिल्लाहरुमा रहेका जिल्ला समितिहरुद्वारा नेपाली सेनाको स्थानीय युनिटहरुसंगको सहकार्यमा प्रभातफेरी कार्यक्रम आयोजना गर्नुका साथै विभिन्न सामाजिक तथा सचेतनामूलक कार्यक्रमहरु समेत आयोजना गरिएको थियो ।

प्रतिक्रिया