सरकार गठनका लागि दिइएको समय आज सकिँदै
नेपालखोज
२०७९ पुष १० गते ७:५०

काठमाडौं । सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई दिएको समय आज सकिँदैछ । संविधानको धारा ७६ ९२० अनुसार सरकार गठन गर्न राष्ट्रपति भण्डारीले आज (आइतबार) साँझ ५ बजेसम्मको समय दिएकी छिन् ।
संसदमा कुनै पनि दलको बहुमत नआएकाले धारा ७६ को उपधारा १ अनुसार सरकार बन्न नसक्ने देखिएका कारण राष्ट्रपति भण्डारीले सदनमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्नका लागि आह्वान गरेकी थिइन् ।
राष्ट्रपति भण्डारीले सरकार गठनका लागि प्रधानमन्त्रीमा दाबी पेस गर्ने समय पुस १० गते ९आइतबार० साँझ ५ बजेसम्म तोकेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख थियो ।
सम्बन्धित

प्रतिक्रिया