शुक्रबार, जेठ ३, २०८२

चीनले हरेक दिन कोरोना संक्रमणको तथ्यांक सार्वजनिक नगर्ने

नेपालखोज २०७९ पुष १० गते १५:०९

काठमाडाैं । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले अब हरेक दिन आफ्नो देशमा हुने कोरोना संक्रमणको तथ्यांक सार्वजनिक नगर्ने जनाएको छ ।

यो निर्णय यस्तो समयमा आएको हो जब देशमा कोरोना संक्रमितको संख्या लगातार बढिरहेको छ भने राजधानी बेइजिङका अस्पतालहरूमा आईसीयूको चाप बढ्दै गएको छ । आयोगले सार्वजनिक गरेको अन्तिम तथ्यांक अनुसार देशमा कोरोना संक्रमितको संख्या बढ्दै गएको देखिन्छ ।

यता केही पश्चिमा विज्ञहरुले चीनमा कोरोना संक्रमणका कारण दैनिक ५ हजार मानिसको ज्यान गैरहेको बताएका छन् । कोरोना सम्बन्धी प्रतिबन्ध खुकुलो भएकाले देशभर संक्रमणको कम अनुसन्धान भइरहेको छ । बेइजिङको अवस्था सुधार्न प्रान्तीय क्षेत्रबाट डाक्टरहरू ल्याइएको समाचारमा जनाइएको छ ।

चिनियाँ अधिकारीहरूले जनवरीमा चीनमा कोरोना महामारीको अर्को लहर आउन सक्ने अनुमान गरेका छन् । यो समयमा ( चिनियाँ नयाँ वर्षमा ) ठूलो संख्यामा मानिसहरू यात्रा गर्ने हुनाले जोखिम अझ बढने बताइएको छ ।

प्रतिक्रिया