बिहीबार, चैत १५, २०८०

सरकारबारे निर्णय लिन रास्वपाको बैठक सुरू

नेपालखोज २०७९ माघ २२ गते १२:४३

काठमाण्डौं । सरकारबारे निर्णय लिनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक सुरू भएको छ ।

पार्टी कार्यालय बसुन्धरामा सुरू भएको बैठकमा सरकारमा बस्ने वा बाहिरिने भन्ने ठोस निर्णय लिनेछ ।

नागरिकता प्रकणमा दोषी ठहर हुँदै लामिछानेले यसअघि सबै उपप्रधान एवं गृहमन्त्री, पार्टी सभापति पद गुमाएका थिए । गत आइतबार पुनः नागरिकता प्राप्त गरेपछि उनले फेरि गृह मन्त्रालयको माग राख्दै आएका छन् ।

उद्यपि, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई गृह मन्त्रालय नदिने अडान लिएका छन् । प्रचण्डले गृह आफूले राखेर भौतिक पूर्वाधार मन्त्रालय लिन प्रस्ताव राखेका छन् ।

बैठकअघि रास्वपा सभापति लामिछानेले बालुवाटार पुगेर प्रधानमन्त्रीलाई भेट गरेका छन् भने लामिछानेले आज विशेष पत्रकार सम्मेलनको आयोजना गर्दैछन् ।

प्रतिक्रिया