एकीकृत समाजवादीले बोलायो आकस्मिक पदाधिकारी बैठक
नेपालखोज
२०७९ पुष १० गते १६:४३

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)ले आकस्मिक पदाधिकारी बैठक बोलाएको छ । गठबन्धनको नेतृत्वमा सरकार निर्माणमा अन्योलता देखिएपछि मुलुकमा विकास भएको नयाँ राजनीतिक अवस्थाकाबारे छलफल गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालले बैठक बोलाएका हुन्र । ।
बैठकमा सत्तागठबन्धनमा अहिलेसम्म भएका प्रयासका साथै नयाँ स्थितिमा सरकार निर्माण भएमा पार्टी सरकारमा सहभागी हुने वा नहुने विषयमा छलफल हुने महासचिव डा बेदुराम भुसालले जानकारी दिए ।
पार्टी केन्द्रीय कार्यालयमा अहिले बस्ने बैठकले कसको नेतृत्वमा बन्ने सरकारलाई सहयोग गर्ने वा प्रतिपक्षमा बस्नेलगायत महत्वपूर्ण निर्णय लिनेछ ।
सम्बन्धित

प्रतिक्रिया