मंगलबार, असार १७, २०८२

दाहाल नेतृत्वको सरकारमा सहभागी हुने जनमत पार्टीको निर्णय

नेपालखोज २०७९ पुष ११ गते ७:०५

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा बन्न लागेको सरकारमा जनमत पार्टी सहभागी हुनेभएको छ ।

सो पार्टीको काठमाडौँमा भएको कार्यकारिणी समितिको भर्चुअल बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । पार्टी अध्यक्ष सिके राउतले काठमाडौँमा भर्चुअल बैठक गरी सरकारमा सहभागी हुने निर्णय गरिएको जनमत पार्टीका उपत्यका इन्चार्ज हरेन्द्र चौधरीले जानकारी दिए ।

सरकारमा सहभागी हुने भए पनि कुन मन्त्रालयको जिम्मेवारी लिने भन्ने विषय टुङ्गो लागिनसकेको उनले उल्लेख गरे । जनमत पार्टीमा छ सांसद छन् ।

प्रतिक्रिया