मीन राशिका लागि वर्ष-२०२३ कस्तो रहनेछ ?

मीन राशिका लागि वर्ष अनुकूल रहनेछ । यो वर्ष तपाईं आर्थिक रूपमा समृद्ध हुनुहुनेछ र तपाईंका लागि नयाँ सुरुवात समेत हुनेछ । मीन राशिका व्यक्तिहरूले करियरको सन्दर्भमा सही दिशा र मार्गदर्शन प्राप्त गर्नेछन्। पारिवारिक जीवन : परिवार र समाज सँगको सम्बन्धमा वर्षको सुरुवात औषत रहनेछ ।
नोकरी तथा व्यापार : रोजगारीमा लागेका मानिसहरूले कडा परिश्रम गर्नु पर्नेछ । विदेश यात्रा र विदेशबाट धन आर्जनको सम्भावना पनि छ । यो वर्ष व्यवसायको उन्नतिका लागि तपाईंले गरेको मेहनत देखिनेछ ।
वैवाहिक स्थिति : मीन राशिका व्यक्तिहरुको दाम्पत्य जीवनमा मिश्रित फल प्राप्त हुनेछ । यो वर्ष वैवाहिक जीवनमा केही समस्या सृजना हुन सक्छ। व्यवहार परिवर्तनका कारण जीवन साथी तपाईंबाट प्रभावित हुन सक्छन ।
प्रेम जीवन : मीन राशिका अविवाहितहरूका लागि यो वर्ष विशेष रहन सक्छ। यो वर्ष उनीहरूले मनपर्ने प्रेमी – प्रेमिका फेला पार्न सक्छन्। स्वास्थ्य स्थिति : स्वास्थ्य सामान्य रहनेछ।
शिक्षा तथा करियर : शिक्षाको हिसाबले वर्ष उत्कृष्ट रहनेछ । यो वर्ष शिक्षा क्षेत्रमा कडा परिश्रमको राम्रो फल प्राप्त हुनेछ ।
धन – सम्पत्ति : ग्रहहरूको परिवर्तनले गर्दा खर्च बढ्न सक्छ भने आम्दानीमा वृद्धि हुने योग समेत छ। आम्दानीका स्रोत पनि बढ्नेछन् । आफ्नो खर्च घटाउनु पर्नेछ तब मात्र तपाईंको आर्थिक पक्ष बलियो स्थितिमा हुनेछ ।
विशेष सावधानी : माथि उल्लेखित जानकारि परम्परागत मान्यता तथा पुराना धार्मिक ग्रन्थहरुमा आधारित छ तसर्थ याे नै पूर्ण सत्य एवं सटीक हाे भन्ने हाेइन । यी कुराहरुलाइ अपनाउनु वा व्यबहारमा लागू गर्नु अघि सम्बन्धित क्षेत्रका विज्ञहरुकाे सल्लाह सहयाेग आवश्यक हुन्छ ।
प्रतिक्रिया