टाटाको मेगा सर्भिस क्याम्पको समुद्घाटन

काठमाडौँ । टाटा मोटरसको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंगले आजदेखि आफ्ना १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरुमा मेगा सर्भिस क्याम्पको सुरुवात गरेको छ । यी केन्द्रहरुमध्ये ३ वटा काठमाण्डौ उपत्यकाका बागडोल, बालकुमारी र सोल्टीमोडमा अवस्थित छन् ।
त्यसैगरी, बाँकी ९ वटा उपत्यका बाहिरका स्थानहरु पोखरा, इटहरी, मेची, बिरगंज, ढल्केबार, हेटौडा, सर्रा, धनगढी, नेपालगंजमा रहेका छन् । यस क्याम्पको समुद्धघाट्न ललितपुरस्थित बागडोलमा आयोजित एक समारोहबीच टाटा अन्तर्गतको इन्टरनेसनल बिजनेसका (पेसेन्जर भेहिकल ) प्रमुख मायांक बल्दी, सिप्रदी ट्रेडिंगका सीईओ राजन बाबु श्रेष्ठ, टाटाका कन्ट्री मेनेजर (नेपाल एवं भुटान ) अजीत नारायण सिंह, सिप्रदीका सीओओ राजेश प्रसाद गिरी र सिप्रदीका उपादक्ष्य सौरभराज थपलियाले संयुक्त रुपमा गरेका थिए ।
समारोह उपस्थित सम्बद्ध विशिष्ट अधिकारीहरुलाई टाटा मोटरसका रिजनल कस्टमर केयर (दक्षिण एसिया) मेनेजर रंधिर कुमार चौधरी तथा सिप्रदीका कस्टमर केयरका (पेसेन्जर भेहिकल) प्रमुख कुमार भण्डारीले स्वागत गर्नुभएको थियो । यस तीन दिने क्याम्पमा टाटाका पेसेन्जर, श्रेणीका गाडीहरुको अत्यन्त प्रभावकारी ढंगले आवश्यक जाँच गरिदैछ । यस्तो जाँच गराउदा गाडी धनीहरुले विभिन्न आकर्षक छुट एवं अन्य सुविधाहरु प्राप्त गर्नेछन् । म्याक लुब्रिकेंट, एक्साइड ब्याट्री र स्पेयर पार्ट्सको खरिदमा क्रमश १८, १५ र १८ प्रतिशत छुट लगायत टप वाशिंग, कम्प्युटर डायग्नोसिस, सस्पेन्सन चेक–अप, ब्याट्री र इलेक्ट्रिकल चेक–अपको सुविधा पनि निः शुल्क प्रदान गरिँदैछ ।
यसको अतिरिक्त यस क्याम्पमा संजीवनी इन्जिन प्याकेज अन्तर्गतको चार हजार रुपैंयाँ नगद फिर्ताको पनि व्यवस्था छ । हाल नेपालमा टाटाका पेसेन्जरू; श्रेणीका गाडीहरु बजार द्रुत गतिमा भइरहेको छ । यसै सन्दर्भमा यस्ता गाडीहरुको ग्राहकहरुलाई उत्कृष्ट भन्दा उत्कृष्ट तवरले सेवा प्रदान गर्ने मुख्य उद्देश्यसहित मेगा सर्भिस क्याम्पको आयोजना भईरहेको कम्पनीले जानकारी दिएको छ । यो क्याम्पमा ग्राहकहरुको उत्साहजनक सहभागिता हुने बिस्वास लिएको कम्पनीको भनाई छ ।








प्रतिक्रिया