दक्षिणअफ्रिकामा ग्यास बोकेको ट्रक विष्फोट, पन्ध्र जनाको मृत्यु
नेपालखोज
२०७९ पुष ११ गते १३:४१

जोहानेसबर्ग । दक्षिणअफ्रिकाको बोक्सबर्गमा ग्यास बोकेको ट्रक विष्फोट हुँदा १५ जनाको मृत्यु भएको छ । शनिबार बिहान भएको उक्त विष्फोटका कारण एक सय मिटर पर रहेको ताम्बो मेमोरियल अस्पतालका २४ जना बिरामी र १३ जना कर्मचारी घाइते भएका छन् ।
ग्यास बोकेको ट्रक गौतेङ प्रान्तको बोक्सबर्गको पुलमा फसेपछि ट्रकमा आगो लागेर विष्फोट भएको अधिकारीहरूले बताएका छन् ।
घाइतेमध्ये अस्पतालका एक जना चालक र दुई जना परिचारिकको मृत्यु भएको स्वास्थ्यमन्त्री जो फाहलाले बताएका छन् । विष्फोटबाट अस्पतालको भौतिक संरचनामा क्षति भएको छ । क्षतिको विवरण आगमी साता सार्वजनकि गरिने छ । रासस/ सिन्ह्वा)
सम्बन्धित
प्रतिक्रिया