कोरोना संक्रमणका कारण आज थप १४ जनाको मृत्यु

नेपालखोज २०७७ असोज २४ गते १७:५४

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप १४ जनाको मृत्यु भएको छ । आज सुनसरीमा १, मोरङमा २, सर्लाहीमा १, काठमाडौंमा २, ललितपुरमा २, भक्तपुरमा १, मकवानपुरमा १, धादिङमा १, नवलपरासीपूर्वमा १ र रुपेन्देहीमा १ जना गरि कुल १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज थप १४ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६१४ पुगेको छ ।

प्रतिक्रिया