२० वर्षसम्म वार्षिक ६७ लाख पाउने लोटरी कसले जिते ?

काठमाडाैं । तनावपूर्ण जीवनमा यदि अर्को 20 वर्षसम्म प्रत्येक वर्ष ठूलो रकम प्राप्त गर्ने चिट्ठा पर्यो भने कस्तो होला ? यो काल्पनिक प्रश्न होइन वास्तविकता हो। एकजना व्यक्तिले अमेरिकामा यति ठूलो रकमको चिठ्ठा जितेका छन् कि अब उनले आगामी २० वर्षसम्म प्रत्येक वर्ष ६७ लाख रुपैयाँ प्राप्त गरिरहनेछन् ।
वेबसाइट फक्स फाइभ डीसी डट कम ( fox5dc.com ) का अनुसार बोस्टन निवासी क्रिश्चियन कालिलले एक मिलियन डलरको लटरी जितेका छन् जसको मूल्य १३.२५ करोड रुपैयाँ जति छ । म्यासाचुसेट्स स्टेट लोटरी अधिकारीहरूका अनुसार कालिल पुरुष लिग हक्की खेल्न जाने क्रममा कारमा ग्यास भर्न रोकिएका थिए भने त्यहि ग्यास स्टेशनमा उनले पानीको बोतल र लटरीको टिकट खरिद गरे ।
चिठ्ठाका लागि कालिलले पाँच नम्बर रोजेका थिए जसका पछाडि एउटा रहस्य थियो । कलिलका छोरा मई महिनामा जन्मिएका हुनाले पाँच अंकलाई उनी आफ्नो भाग्यशाली नम्बर मान्थे । यो जितपछि टिकट बेच्ने पसलको भाग्य पनि खुलेको छ ।
लोटरी कम्पनीले उनलाई १०,००० डलर बोनस दिने भएकोछ । चिठ्ठा जित्ने व्यक्तिले वार्षिक भुक्तानीको विकल्प रोजेको र अब उनले आगामी २० वर्षसम्म प्रत्येक वर्ष ५० हजार डलर प्राप्त गरिरहने लोटरि अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया